Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमै छ यस्तो शक्तिशाली मन्दिर, जहाँ गाडी पुग्न वितिक्कै हुन्छ बन्द

हाम्रै नेपालमा पनि यस्तो शक्तिशाली मन्दिर जहाँ गाडी पुग्न वितिक्कै स्टार्ट नै बन्द हुन्छहाम्रै नेपालमा पनि यस्तो शक्तिशाली मन्दिर जहाँ गाडी पुग्न वितिक्कै स्टार्ट नै बन्द हुन्छ अर्घाखाँची | अर्घाखाँची जिल्लामा पर्ने पश्चिम नेपालको प्रख्यात सुपादेउराली मन्दिर अगाडि पुगेपछि गाडीको गति रोकिन्छ र इन्जिन बन्द हुन्छ । अर्घाखाँचीको नरपानीमा पर्ने सुपादेउराली मन्दिर अगाडी पुगेपछि सबै गाडीले रोकेर मन्दिरको दर्शन गर्छन् । हतार नै रहेछ भनेपनि चालकले गाडीको चाबी निकालेर स्टार्ट बन्द गर्छन् अनि गाडीबाटै दर्शन गरेर मात्र आफ्नो गन्तव्यमा लाग्छन् ।

किंवदन्ति अनुसार एक जना बाटो हिँड्ने युवकले ‘देवी, म सेनामा भर्ती हुन पाऊँ, छुट्टीमा पहिलोपटक फर्की आउँदा एकतोला सुन चढाउनेछु,’ भनी भाकल गरेको थियो । देवीको भाकल अनुसार ऊ भर्ती पनि भयो । केही समयपछि लाहुरे छुट्टीमा फर्कियो । लाहुरेले सुन ल्याउन भुलेछ र बाटो छलेर जान लाग्दा देवीको शक्तिका कारण लाहुरे आफैँ भित्तामा टाँसिएको किंवदन्ति छ ।

मन्दिर नजिकको पहरामा पछि लाहुरेको नक्सा र उसले बोकेको गुण्टाझैँ आकृति देख्न सकिन्छ । सो स्थानमा अहिले पनि ‘लाहुरे टाँसिएको भिर’ भनेर मन्दिर संरक्षण समितिले होर्डिङ बोर्ड नै राखेको छ ।

अहिले पनि सो बाटो भएर हिँड्ने गाडीले मन्दिरको दर्शन गरेर मात्र अघि बढ्ने गर्छन् । गोरुसिङ्गे–सन्धिखर्क चल्ने कुनै पनि सवारीका गाडीहरू यो मन्दिरमा भेटी नचढाइकन अगाडि बढ्दैनन् ।

सुपादेउराली दर्शनको लागि पश्चिम नेपालका गुल्मी, पाल्पा, रुपन्देही, कपिलवस्तु, दाङ, प्युठान लगायत भारतबाट समेत दर्शनार्थीको भीड लाग्ने गर्दछ । ती जिल्लाहरूमा विवाह गरेपछि सुपादेउरालीको दर्शन गर्ने प्रचलन बढ्दै गएको छ ।

 

प्रकाशित मिति: Sep 2, 2018

प्रतिक्रिया दिनुहोस्