Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय क्रिकेट टिमका पूर्व कप्तान वाडेकरको निधन

भारतीय क्रिकेट टिमका पूर्व कप्तान, टेस्ट क्रिकेटर तथा प्रशिक्षक अजीत वाडेकरको निधन भएको छ । उनको ७७ वर्षको उमेरमा मुम्बईमा रहेको जसलोक अस्पतालमा उपचारको क्रममा बुधबार बेलुका निधन भएको हो । वाडेकर लामो समयदेखि बिमारी थिए ।

वाडेकरले सन् १९६६ मा वेष्ट इन्डिज विरुद्ध आफ्नो पहिलो अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए । उनले कुल ३७ टेस्ट क्रिकेटमा २००० भन्दा धेरै रन बनाए । भारतीय टिमले इंग्ल्याण्डलाई उसकै मैदानमा पहिलोपटक सन् १९७१ मा हराएको थियो । वाडेकर त्यो बेला टिमका कप्तान थिए ।

भारतीय क्रिकेट टिमका वर्तमान प्रशिक्षक तथा पूर्व क्रिकेटर रवि शास्त्रीले वाडेकरको निधनमा शोक व्यक्ति गरेका छन् । वाडेकरको निधन भारतीय क्रिकेटका लागि दुःखद रहेको उनले उल्लेख गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले पनि वाडेकरको निधनमा शोक व्यक्त गरेका छन् ।

प्रकाशित मिति: Aug 16, 2018

प्रतिक्रिया दिनुहोस्