Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्मृति र अमृतको स्वरमा ‘बेर्यो मायाले’-भिडियो सहित

काठमाडौं : हिन्दु नारीहरुको महान पर्व तीज आउन एक महिना केही दिन अझै बाँकि छन् । कलाकारहरुले एकपछि अर्को गर्दै तीजका भाकाहरु बजारमा ल्याउने क्रम तीव्र रुपमा अघि बढाएका छन् ।

यसै क्रममा गायिका स्मृति गौतम र चर्चित गायक अमृत खातीको संयुक्त प्रस्तुतिका रुपमा ‘बेर्यो मायाले’ बोलको गीत हाइलाइट नेपालको युट्युब मार्फत सार्बजनिक गरिएको छ ।

https://youtu.be/-UH89RJ24vY

अमृत खाती र स्मृती गौतमको स्वर रहेको गीतमा जीवनन अर्यालको शब्द रचना र गायक खातीको लय रहेको छ । प्रकाश खडकाको छायाङ्कन तथा मिलन बिकको सम्पादन रहेको उक्त म्युजिक भिडियो बिक्रम चौहानको निर्देशन रहेको छ । गीतमा नायिका अनु शाह र सन्जिब ठकुरीको नृत्य रहेको छ ।

प्रकाशित मिति: Aug 7, 2018

प्रतिक्रिया दिनुहोस्