Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बुगीवुगी डान्सिङ्ग रियालिटी सोमा पहिलो डान्सिङ सुपरस्टार बनेकी कविताले पाईन २५ लाख

काठमाडौं : बुगीवुगी डान्सिङ्ग रियालिटी सोमा कविता नेपाली डान्सिङ्ग सुपरस्टार बनेकी छन् । सर्लाहीकी १८ वर्षीया कविता नेपाली नेपालकै पहिलो डान्सिङ सुपरस्टार बनेकी हुन् ।

एपीवान टेलिभिजनद्वारा आयोजित अन्तर्राष्ट्रिय डान्सिङ रियालिटी ‘शो’ ‘बुगीवुगी’ को फाइनलमा २ प्रतिस्पर्धीलाई उछिन्दै कविताले उपाधी चुमेकी हुन् ।

उपाधि मात्र जितिनन् त्योसंगै नगद २५ लाख पुरस्कार पनि जितेकी हुन् । फ्रस्ट रनरअप प्रगती पुन बनिन् भने सेकेन्ड रनरअप सरोज मोक्तान भए। प्रगतिले ६ लाख जितेकी छिन् भने सरोजले ४ लाख नगद पाएका छन् ।

अनलाइन अडिसनमार्फत् देशभरबाट ३ हजार डान्सरहरु मध्ये कविताले सबैलाई उछिन्दै उपाधी जितेकी हुन् । ३ हजार मध्ये १ सय ५० जना डान्सरलाई दोस्रो राउन्डको अडिसनका लागि काठमाडौं बोलाइएको थियो ।

उनीहरू मध्येबाट १८ जना प्रतियोगी छानिएका थिए । त्यसपछि भिडियो राउन्ड, कला प्रदर्शन राउन्डलगायत विभिन्न चरणका कठिन सिँढी उक्लँदै उत्कृष्ट ३ जना छनोट भएका हुन् ।

भारतको सोनी टेलिभिजनसँगको सहकार्यमा एपीवान टेलिभिजनले नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय फेन्चाइजका रियालिटी सोहरू आयोजना गरिरहेको हो । उक्त कार्यक्रमको निर्णायकमा अभिनेता दिलीप रायमाझी, अभिनेत्री प्रियंका कार्की र कोरियोग्राफर कविराज गहतराज रहेका थिए ।

५० प्रतिशत निर्णायक र ५० प्रतिशत दर्शकको भोटका आधारमा उत्कृष्ट डान्सर छनोट गरिएको आयोजकले जनाएको छ । कार्यक्रमका डाइरेक्टर एलन श्रेष्ठ, कार्यक्रम प्रमुख सुरेश पौडेल, कोरियोग्राफरहरू, प्रशान्त तामाङ, रोहिया महर्जन रहेका छन्।

प्रकाशित मिति: Aug 5, 2018

प्रतिक्रिया दिनुहोस्