Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘नाई न भन्नु ल ५’ को दोस्रो गीत ‘बालापनको उमेर’ सार्वजनिक (भिडियो)

काठमाडौं : चलचित्र ‘नाई न भन्नु ल ५’को दोस्रो गीत सार्वजनिक भएको छ । यस अघि चलचित्रको ट्रेलर र पहिलो रोमान्टिक गीत सार्वजनिक भइसकेको छ ।

आइतबार युट्युबमा मार्फत चलचित्रको ‘बालापनको उमेर’ बोलको गीत सार्वजनिक भएको हो । गीतमा वसन्त सापकोटाको सङ्गीत रहेको छ भने समीक्षा अधिकारीको स्वर रहेको छ । सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकारद्धय अनुभव रेग्मी र सेड्रिना शर्माको नृत्य रहेको छ । गीतमा कविराज गहतराजको नृत्य निर्देशन रहेको छ ।

विकास राज आचार्यको निर्देशन रहेको चलचित्र ‘नाई नभन्नु ल ५’मा अनुभव र सेड्रिनाको साथमा निरुता सिंह, दिलीप रायमाझी, केकी अधिकारी, प्रियंका कार्की, स्वस्तिमा खड्का, जय नन्द लामा, बुद्धि तामाङ, अभिषेक नेपाल लगायतका कलाकारको अभिनय रहेको छ । यो चलचित्र भदौ ८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ ।

प्रकाशित मिति: Aug 5, 2018

प्रतिक्रिया दिनुहोस्