Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जिन्दगीमा सँधै खुसी रहन चाहुनहुन्छ भने अपनाउनुहोस् यस्तो स्वस्थ र मस्ता तरिका

एजेन्सी : जीवनमा खुसी हुन सकिएन भने अरु सबैकुरा बेकार लाग्छ । अर्थात खानपित, मोजमस्ती, भेटघाट, घुमफिर, स्वास्थ्य सबै राम्रो हुन्छ जब तपाईंको मन खुसी हुन्छ ।

अक्सर हामी सबैको जीवनमा कुनै न कुनै समस्याहरु आइपर्छन् । यदि तपाईं त्यस्ता समस्यालाई पन्छाएर अगाडि बढ्न सक्नुहुन्छ भने तपाईको जीवन खसीयालीपूर्ण हुन्छ । त्यस्ता समस्यालाई पन्छाउन सक्नुभएन भने तनावै तनावले सताउन सक्छ । तपाईंले आफ्नो जीवनलाई खुसी बनाउनको लागि ससाना कारणहरु खोज्नुपर्छ ।

जिन्दगीमा सँधै खुसी रहन चाहुनहुन्छ भने अपनाउनुहोस् यस्तो स्वस्थ र मस्ता तरिका :

सन्तुलित भोजन गर्नुहोस्

सन्तुलित भोजन गर्नुहोस भन्नुको अर्थ तपाईंलाई मन नपर्ने पौष्टिक र स्वस्थ भोजन गर्नुहोस् भनेको होइन् । तर, यस्ता चीज खानुहोस् जसमा पौष्टिकता र स्वाद दुवै राम्रो होस् । आफ्नो लागि राम्रो खाना तयार गरेर त्यस खानाको मजा उठाउनुहोस् ।

नियमित व्यायाम गर्नुहोस्

दिनमा केही समय निकालेर कम्तीमा पनि १० मिनेटसम्म व्यायाम गर्नुहोस् । यसले तपाईंको शरीरमा कुनै ठूलो परिवर्तन नै त ल्याउँदैन तर यसले तपाईंले ताजा भएको महसुस गर्न सक्नुहुन्छ ।

वास्तवमा केहि नगर्न भन्दा केहि गर्न धेरै राम्रो हो त्यसैले समय निकालेर नियमित व्यायाम गर्नुहोस् । विस्तारै थोरै थोरै समय बढाउँदै व्यायाम गर्न थाल्नुभयो भने तपाईको शरीरले उक्त व्यायामलाई स्किार गर्न थाल्छ । यसले पहिलेभन्दा राम्रो महसुस हुन्छ र राम्रो निन्द्रा पनि आउँछ । यदि तपाई धेरै तौल उठाउने काम गर्नुहुन्छ भने पनि व्यायाम गर्नुहोस् ।

थोरै थोरै गरि धेरैपटक खानुहोस्

दिनमा कम्तीमा ५ पटक खाने कोसिस गर्नुहोस । अझै धेरै चिकित्सकहरुले त ५ भन्दा धेरैपटक खाने सल्लाह दिन्छन् । हाम्रोमा यसरी धेरैपटक थोरै थोरै खाना खाने चलन छैन् तर पनि थोरै थोरै गरेर धेरैपटक खाना खाने बानीले हाम्रो स्वास्थलाई पनि धेरै राम्रो बनाउँछ ।

नियमित पढ्ने बानी बसाल्नुहोस्

जब हामी कुनै समस्या वा तनावमा हुन्छौं त्यतिखेर केही समयको लागि आँफैमा हराइदिन सकेमा मन खुसी हुन्छ । तनाव र व्यस्तताबाट छुटकारा पाउने राम्रो तरिका आफ्नो दैनिकीमा थोरै समय मिलाएर आफूलाई मनपर्ने पुस्तक वा पत्रपत्रिका पढ्ने हो । यसले हामीलाई तनावमुक्त बनाउँछ ।

घरको सरसफाई गर्ने

घरको सरसफाई गर्ने काम हामीलाई झण्झट लाग्छ । त्यसैले हामीले यस्तो काम गर्न अरु नै मानिस बोलाउने गर्छौं । तर घरको थोरै सफाइ गर्ने जस्तैः आफ्नो पुराना कपडाहरु व्यवस्थापन गर्ने, घरको सरसफाइ गर्ने, आफूले नपढ्ने पुराना पुस्तकहरु कुनै च्यारिटीको लागि दिने, बँगैचाको गोडमेल गर्ने जस्ता काम गरेमा मनमा आनन्द आउँछ ।

आफूलाई मनपर्ने गीत सुन्ने

गाडी चलाउँदा वा घरमा एक्लै हुँदा आफ्नो मनपर्ने गीत बजाएर सुन्नुहोस् । अझै कुनै गीत दोहोर्याएर सुन्दा झनै मनलाई शान्ती हुन्छ । सोच्नुहोस् त त्यतिखेर कति रमाइलो होला जब तपाईको मुड खराब चलिरहेको बेलामा कसैले तपाईंलाई मनपर्ने गीत बजाइदिन्छ ।

एकछिन यताउता टहल्नुहोस्

तपाईलाई घरमा बस्न दिक्क लागेको छ भने एकछिन् घरबाहिर हिँडडुल गर्न कुनै पनि मौसम खराब हुँदैन । यदि धेरै चिसो छ भने न्यानो कपडा लगाएर हिँड्नुहोस् र वर्षातको समय छ भने वाटरप्रुफ कपडा लगाएर एकैछिन टहलिनुहोस् ।

कुनै दिन पानी धेरै पर्यो वा बाहिर निस्कन मौसमले साथ दिएन भने घरमै बसेर आफ्नो मनपर्ने पेयपदार्थ पिउनुहोस् परिवारसँग भलाकुसारी गर्नुहोस् ।

कसैलाई सहयोग गर्नुहोस्

कुनै अप्ठ्यारोमा परेका मानिसको सहयोग गर्नुहोस् । चाहे उनीहरु पैसा नभएर अप्ठ्यारोमा परेका हुन् वा उनीहरुलाई अरु नै सहयोग खाँचो छ । त्यस्ता मानिसलाई तपाईले भरपूर सहयोग गर्ने कोसिस गर्नुहोस् ।

लुक्स राम्रो बनाउन समय दिनुहोस्

तपाईको उमेर विस्तारै ढल्किन थालेको छ र बच्चाहरु पनि ठूला हुँदैछ् भने मेकअपको प्रयोग गरेर आफूलाई युवा देखाउनुहोस् । स्मार्ट र सुन्दर बन्ने चाहना राख्नु कुनै पागलपन होइन । बरु यस्तो गर्नाले तपाईलाई धेरै राम्रो लाग्नेछ । सँधै घर बाहिर जानु अगाडि आफूलाई ऐनामा हेर्नुहोस् ।

छुट्टी मिलाएर घुम्न जानुहोस्

कामबाट फुर्सद लिनुहोस् । थोरै समयको लागि छुट्टीमा जानुहोस् । आफूलाई मनपर्ने ठाउँ रोज्नुहोस् र केहि दिन आफ्ना मायालु मानिसहरुसँग बिताउनुहोस् ।

गर्मी महिना छ भने कुनै गार्डेनमा पिकनिकको लागि जानुहोस् । भुँईमा बसेर ताजा हावाको साथमा स्वादिस्ट परिकार खानुको मज्जा नै छुट्टै हुन्छ ।

मनपर्ने टिभी शो हेर्नुहोस्

आफूलाई मनपर्ने टिभी शो वा फिल्म हेर्नुहोस् । एक्लै हुँदा सोफामा बसेर चिया कफीको चुस्कीसँगै आफूलाई मनपर्ने शो हेर्दा तनावमुक्त महसुस गर्न सकिन्छ ।

पुराना साथीहरुसँग भेटघाट गर्नुहोस्

आफ्नो धेरै मिल्ने साथीहरुसँग पुराना भेट्नुहोस् । उनीहरुसँग बसेर खाजा खाँदै आफ्ना सुखदुखका कुरा गर्नुहोस् । मनपर्ने कुराहरु गर्नुहोस्, सँगै बिताएका पुराना दिनहरुलाई सम्झिनुहोस् । यसले तपाईको मनमा आनन्द आउँछ ।

प्रकाशित मिति: Aug 3, 2018

प्रतिक्रिया दिनुहोस्