Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिसो पानीले नुहाउँदा हुने फाइदाहरु के-के छन् त ?

एजेन्सी  : गर्मी मौसममा प्राय सबै मानिसलाई चिसो पानीले नुहाउन मन पर्छ । यसले शरीरलाई शीतलता प्रदान गर्नुका साथै शरीर सफा राख्नमा मद्दत गर्छ । यति मात्र नभई चिसो पानीले नुहाउँदा मस्तिष्कलाई ठन्डा बनाउँछ ।

चिसो पानीले नुहाउँदा हुने फाइदाहरु यसप्रकार छन् :

१. चिसो पानीले नुहाउँदा शरीरमा रहेको यूरिक एसिडलाई चलायमान बनाउनुका साथै बिभिन्न चोटपटक लागेका दाग तथा खतमा बस्ने ब्याक्टेरिया हटाउन मद्दत गर्छ ।

२. चिसो पानीले नुहाउँदा पुरुषको प्रजनन क्षमतामा बृद्धि ल्याउनमा मद्दत गर्छ ।

३. चिसो पानीले नुहाउँदा शरीरमा आनन्द आउनुका साथै यसले शरीरमा रक्तसञ्चार प्रक्रियालाई प्रभावकारी बनाउँछ ।

४. यसले शरीरमा रोगसंग लड्न सक्ने क्षमत अर्थात् रोगप्रतिरोधात्मक क्षमतामा बृद्धि गर्छ ।

५. चिसो पानीले नुहाउँदा शरीरमा आँफै तापको मात्रामा बृद्धि हुन्छ जसले पाचन प्रक्रियालाई मजबुद बनाउँछ ।

६. यदि तपाइँ ब्यस्त भई थकित महसुस गर्नुभएको छ भने चिसो पानीले नुहाउनुस् यसले तपाइँको थकान कम गर्नुका साथै शरीरलाई फूर्तिलो बनाउँछ ।

प्रकाशित मिति: Aug 2, 2018

प्रतिक्रिया दिनुहोस्