Logo
२६ बैशाख २०८१, बुधबार
(July 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कतारको जेलमा रहेका १७ जना नेपालीलाई आममाफी, अन्य २९ का लागि पहल

कतारको विभिन्न जेलमा बन्दी जीवन बिताइरहेका १७ जना नेपालीले आममाफी पाएका छन् । इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमदानको अवसरमा कतार सरकारसँग गरिएको अपिल अनुसार १७ जना नेपाली कैदीले आममाफी पाएका हुन् ।

१७ जनाले आममाफी पाएसँगै अन्य २९ जनाको पनि प्रक्रिया अघि बढाइएको छ। दोहास्थित नेपाली राजदुतावासले विज्ञाप्ती जारी गर्दै यस्तो जानकारी दिएको हो ।

‘कतारस्थित कारागारमा बन्दी जीवन बिताइरहेका नेपाली कैदी बन्दीहरुलाई नियमानुसार आममाफी दिन नेपाली राजदूतावास, दोहाले कतार सरकारसँग अनुरोध गरे अनुसार यो अवसर पाएका हुन्’, दुतावासले भनेको छ, ‘चालचलन र कैद भुक्तानीको आधारमा कतारका अमिरबाट १७ नेपाली कैदीलाई आममाफीसहित रिहा गरिएको हो ।’

दूतावासका अनुसार बाँकी २९ जना कैद भुक्तानीको क्रममा रहेका छन् । उनीहरुलाई पनि आममाफीका लागि पहल भइरहेको कतारस्थित नेपाली राजदुत रमेश कोइरालाले जानकारी दिए भन्दै अन्नपुर्णपोष्टमा खबर छ ।

प्रकाशित मिति: Jul 3, 2018

प्रतिक्रिया दिनुहोस्