Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जुन २९ गते रिलिज हुदैँछ रणवीर कपूरको अभिनित बायोपिक चलचित्र सञ्जुु

रणवीर कपूर अभिनित बायोपिक चलचित्र सञ्जुुको ट्रेलर धेरैले रुचाएका छन्। ट्रेलर र चलचित्रको गीतले नै यसले राम्रो कमाइ गरिसकेको छ। सञ्जय दत्त बनेका रणवीर कपूरको कामलाई सबैले प्रशंसा गरेका छन्। यसमा अभिनेत्री मनिषा कोइराला रणवीरको आमा नरगीसको भूमिकामा देखिएकी छिन्।

चलचित्रको पोस्टर सार्वजनिक भइसकेका छन्। पोस्टरमा मनिष नरगीस जस्तै देखिएको छिन् भनेर धेरैले उनको लुक्स्को तारिफ गरेका छन्। पोस्टर हेर्दा नरगीस र मनिषाको लुक्समा धेरै अन्तर देखिँदैन। उस्ताउस्तै देखिन्छ।

मनिषाले समाजिक सञ्जालमा नरगीस र आफ्नो फोटो सेयर गरेकी छिन्। उनले फोटो सेयर गर्दे भनेकी छिन्मे मा नरगीसजीको विभिन्न लुक्सहरु प्रयोग गरिएको थियो। विभिन्न फोटो, बुक, डकुमेन्टीबाट यी फोटोहरु लिइएका हुन्।

उनले केही अन्तर्वातामा नरगीसजीको भूमिका निभाउन नौलो भएको र यस चलचित्रको लागि नरगीसजी बारे धेरै रिसर्चहरु गरेको बताएकी छिन्। राजकुमार हिरानीको कथा तथा निर्देशन रहेको चलचित्रमा अनुष्का शर्मा, परेश रावल, सोनम कपूर, डिया मिर्जा आदिको अभिनय रहेको छ। चलचित्र यही जुन २९ गते रिलिज हुने भएको छ।

प्रकाशित मिति: Jun 13, 2018

प्रतिक्रिया दिनुहोस्