Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेत्री शिल्पा नयाँ ब्यानरमा बनेकाे फिल्म ‘विरङ्गना’ को प्रचार-प्रसारमा व्यस्त

काठमाडौं : छविराज प्रोडक्सनको ब्यानरमा रमाइरहेकी शिल्पा पोखरेल नयाँ ब्यानरमा बनेकाे फिल्म ‘विरङ्गना’को प्रचार-प्रसारमा व्यस्त छिन्। केही समयअघि फिल्म ‘मंगलम्’मा आफ्नो उत्कृष्ट अभिनय प्रस्तुत गरेर दर्शकको साथ र मायाँ पाइरहेकी शिल्पा ‘विरङ्गना’मा पनि त्यो सिलसिला कायम रहन्छ भन्ने अाशामा छिन्।

प्रेम र पारिवारिक पृष्ठभुमीमा निर्माण भएको ‘मंगलम्’मा शिल्पा एक संस्कारी बुहारीको भूमिकामा उभिएकी थिइन्। तर उनी ‘विरङ्गना’मा भने एक्सन अवतारमा प्रस्तत हुँदैछिन्। फिल्ममा उनलाई एक सशस्त्र प्रहरीका रुपमा देख्न पाइनेछ।

फिल्म ‘मंगलम्’ हेरेर निस्किने अधिकांश दर्शकले आफ्नो एक्सन अवतारको अभाव रहेको प्रतिक्रिया दिएकाे बताउँदै शिल्पाले भनिन्, ‘अब त्यो एक्सन अवतारका लागि दर्शकको चाहाना विरङ्गनाले पुरा गर्नेछ।’असार २९ बाट प्रदर्शनको तयारीमा रहेको फिल्ममा शिल्पासँगै अनुपविक्रम शाही, पृथ्विराज प्रसाई‌ं, धिरेन शाक्य, प्रज्ज्वल गिरी, प्रिया रिजाललगायतका कलाकारहरुको अभिनय रहेको छ। 

नारी एक्सनप्रधान फिल्ममा नेपाल-भारत सिमा सुरक्षा र पुलिस प्रशासनभित्र रहेका अनैतिक कार्यहरुलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको फिल्मका निर्देशक राजबहादुर सानेले नेपाल लाइभलाई बताए।

फिल्ममा घोडा, बाँदर लगायत जनावरलाईसमेत प्रयाेग गरिएको छ। जसलाई केही फिल्मकर्मीहरुले परम्परागत फिल्म मेकिङको संकेत दिएकाे टिप्पणी गरेपनि कथा अनुसारका पात्र सिर्जना गरिएको निर्देशक सानेको दावी छ।

प्रकाशित मिति: Jun 8, 2018

प्रतिक्रिया दिनुहोस्