Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश नं ३ को राजधानी निर्धारणका लागि सम्भाव्यता अध्ययन शुरु

काठमाडौँ : प्रदेश नं ३ को राजधानी निर्धारणका लागि सम्भाबना अध्ययन शुरु भएको छ ।काठमाडौँ उपत्यकालगायत १३ जिल्ला रहेको यस प्रदेशका जनताको आय, उपलब्ध साधन तथा स्रोत, विकास, निर्माण र प्रशासनिक सुगमतालाई दृष्टिगत गरेरमात्र यस प्रदेशको राजधानी तोकिने छ ।राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको सचिवालयमा अहिलेसम्म नुवाकोटको विदुर, भक्तपुरको बोडे, काभ्रेपलाञ्चोकको बनेपामा राजधानी हुनुपर्ने प्रस्ताव आएकाले तीनवटै जिल्लाका शहरमा संभाब्यता अध्ययन शुरु गरिएको हो ।

मुलुकमा राजनीतिक परिवर्तन भएपछि तीनवटै तहलाई अधिकार सम्पन्न्न बनाउन स्थानीय तहदेखि नै विभिन्न दलका नेताले समन्वय गरिरहेको प्रदेशसभा सदस्य वसन्त मानन्धरले जानकारी दिनुभयो । देशमा प्रादेशिक तह गठन भएपछि विभिन्न प्रदेशले आ–आफ्नो प्रदेशको राजधानी तोक्ने तथा राजधानीको सम्भाव्यता अध्ययनका लागि विशेष समिति गठन गरिरहेका छन् ।यस प्रदेशमा पर्ने विभिन्न १३ जिल्लाबाट प्रतिनिधित्व गर्ने सबै दललाई समेटेर सम्भबना अध्ययनका लागि यही वैशाख १४ गते समिति गठन गरिएको थियो । हालको अस्थायी मुकाम मकवानपुरस्थित हेटौँडालाई नै राजधानी बनाउन त्यहाँका स्थानीयवासीले पहल गरिरहेका छन् ।

विभिन्न दलबाट प्रतिनिधित्व गर्ने नेताहरुले छलफल गरी करीब डेढ महिनाको समयावधिमा ल्याउने परिणामलाई समितिले प्रदेशसभामा पठाउने छ । सर्वसम्मत भएमा उक्त सभाले त्यसलाई अनुमोदन गर्ने तर विवाद भएमा दुई तिहाइ बहुमतबाट निर्णय लिइनेछ ।

प्रकाशित मिति: May 14, 2018

प्रतिक्रिया दिनुहोस्