Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नरेन्द्र मोदी हिँड्ने रुटमा आधा घण्टा अगाडि ठूला गाडी निषेध

काठमाडौं: काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमणका लागि शुक्रवार जनकपुर हुँदै काठमाडौं आउँदै छन् ।

जनकपुरबाट हेलिकप्टरमा करिब १ः३० बजे अन्तर्राष्ट्रिय विमानस्थल अवतरण हुने छन् । मोदीको भ्रमणका कारण राजधानीका केही सडक खण्डमा यातायात प्रभावित हुने भएको छ ।

महानगरीय ट्राफिक महाशाखाका अनुसार भारतीय प्रधानमन्त्री हिँड्ने रुटमा १५ मिनेट अगाडि मोटरसाइकल र साना गाडी निषेध गरिन्छ भने ठूला गाडी करिब आधा घण्टा अगाडि नै रोकिन्छ ।

विमानस्थलबाट हायात होटल, हायात होटलबाट टुँडीखेल, शितलनिवास र विभिन्न दलका नेताहरुसँग भेटघाटका लागि द्वारीका होटल जाने क्रममा सोही रुटका यातायात प्रभावित हुने महाशाखाले जनाएको छ ।

‘भीभीआईपी सवारीको टाईममा विपरीत रुटमा २० मिनेट र सवारी रुटमा १० मिनेट अन्य सवारी रोक्ने कार्ययोजना बनाएका छौं’ ट्राफिक महाशाखाका सहायक प्रवक्ता ९डिएसपी९ मुकुन्द मरासिनीले रातोपाटीसँग भने, ‘सवारी रुटमा ठूला गाडी र मालवाह ट्रकहरु आधा घण्टा अगाडि रोकिन्छन् ।’

विमानस्थलबाट नरेन्द्र मोदी बौद्धस्थित हायात होटल जानेछन् ।

४ बजे गार्ड अफ अनसरका लागी चावहिल, गौशाला, एयरपोर्ट, तिनकुने, बानेश्वरहुँदै सैनिकमञ्च प्रस्थान गर्दा सोही रुटमा सवारी प्रभावित हुनेछ ।

‘त्यति धेरै ट्राफिक डिस्टर्व नहुनेगरी मिलाएका छौँ’ डिएसपी मरासिनी भन्छन्, ‘एकपटक रोकिएपछि अर्को पटक रोकिँदैन, किनकी फरक रुटबाट राजकीय सवारीको रुट निर्धारण गरिएको छ ।’

सैनिक मञ्चमा गार्ड अफ अनर पछि मोदी ४ बजे ३५ मिनेटमा उप–राष्ट्रपती नन्दबहादुर पुनसँगको भेटका लागि बहादुरभवन जानेछन् ।

त्यस्तै ५ बजे राष्ट्रपति विद्या भण्डारीसँग औपचारिक भेटघाट गरेपछि उनी विभिन्न दलका नेताहरुसँगको भेटघाटका लागी महाराजगञ्ज, चावहिल हुँदै द्वारीका होटलमा पुग्ने कार्यक्रम रहेको बताईएको छ ।

मोदीको सवारीको समयमा एम्बुलेन्सलाई नरोकिने र सवारी हुनुभन्दा एक घण्टा अगाडि उक्त रुटमा होर्डिङ बोर्ड र डिजिटल बोर्डबाट सूचना उपलक्ध गराईने ट्राफिक महाशाखाले जनाएको छ ।

वैशाख २८

बिहान १०ः१५ हेलिकप्टरबाट जनकपुर अवतरण

१०ः२०-११ः१५ जानकी मन्दिरमा पुजापछि रामायाण सर्किटको सुंयुक्त घोषणा

११ः१५ बाह्रविघा मैदानका लागि प्रस्थान, नागरिक अभिनन्दनमा सहभागिता र सम्बोधन

१२ः४० काठमाडौंका लागि प्रस्थान

१ः३० हेलिकोप्टरबाट काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीबाट स्वागत

१ः४० बौद्धस्थित हायात होटलमा प्रस्थान

१ः५५ हायात होटलमा लन्च

३ः४५ हायात होटलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेटवार्ता

४ः०० गार्ड अफ अनरका लागि चावहिल, गौशाला, एयरपोर्ट, तीनकुने, बानेश्वर हुँदै सैनिक मञ्च टुँडिखेलका लागि प्रस्थान

४ः४५ उपराष्ट्रपति नन्दबहादुर पुनसँगको भेटवार्ताका लागि बहादुर भवन निवास

५ः३० राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ताका लागि शीतल निवास

६ः०० महाराजगञ्ज, चावहिल, गौशाला हुँदै द्वारिकाज होटलमा पुग्ने

६ः१५-६ः३५ प्धानमन्त्री केपी ओली र मोदीबीच वान टू वान भेटवार्ता

६ः३५-७ः१५ दुई देशका प्रतिनिधिमण्डलबीच भेटवार्ता

७ः२०-७ः४० पूर्वप्रधानमन्त्रीहरुसँग भेटवार्ता

७ः४०-८ः०० अरुण तेस्रो जलविद्युत आयोजनाको संयुक्त शिलान्यास

८ः००-९ः०० द्वारिकाजमै डिनर

९ः०० हायात होटल प्रस्थान

वैशाख २९

बिहान ६ः०० मुक्तिनाथ जानका लागि विमानस्थल प्रस्थान।

६ः२० मुक्तिनाथ प्रस्थान

७ः५० मुक्तिनाथ दर्शन

८ः३० मुक्तिनाथबाट हेलिकप्टरमा जोमसोम प्रस्थान

८ः५० जोमसोम अवरण

९ः०० जोमसोमबाट काठमाडौं प्रस्थान

१०ः२० काठमाडौं अवतरण

१०ः३० विमानस्थलबाट दर्शनका लागि सीधै पशुपतिनाथ मन्दिर प्रस्थान

११ः३० होटल हायात प्रस्थान

१२ः५० हायातमा लन्च

२ः००-२ः३० नोपलका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीसँग भेटवार्ता

२ः३० महाराजगञ्ज, चावहिल हुँदै राष्ट्रिय सभागृहका लागि प्रस्थान

२ः४५-३ः३० नागरिक अभिनन्दन

३ः४५ नयाँ बानेश्वर, तीनकुने हुँदै स्वदेश फिर्ताका लागि त्रिभुवन विमानस्थल प्रस्थान

४ः०० नयाँ दिल्ली  । रातो पाटी बाट

 

प्रकाशित मिति: May 11, 2018

प्रतिक्रिया दिनुहोस्