Logo
१५ बैशाख २०८१, शनिबार
(May 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस्तो गाउँ, जहाँ हरेक घरको अगाडि चिहान छ

यो गाउँमा पुग्ने बित्तिकै मानिसहरुलाई लाग्न सक्छ, कतै म चिहानखानामा त आइन । तर आन्ध्र प्रदेशको कुरनूल जिल्लामा रहेको अया कोडा गाउँ कुनै चिहानघारी होइन, मानिसको बाक्लै वस्ती भएको गाउँ हो । गाउँको डरलाग्दो विशेषता के छ भने यहाँ हरेक घरको अगाडि चिहान छ ।

यो गाउँमा मालादासरी समुदायका झण्डै डेढसय घरधुरी छन् । यो समुदायका मानिसले आफ्ना घरपरिवारका सदस्यको मृत्यु भएपछि लासलाई घरकै अगाडि चिहान खनेर गाड्छन्, किनकि उनीहरुको कुनै छुट्टै अन्त्यष्टि स्थल छैन । हरेक घर अगाडि एक वा दुईवटा चिहान देख्न सकिन्छ ।

गाउँका महिला तथा बच्चाबच्चीहरु आफ्नो दिनचर्याका लागि यिनै चिहानहरु पार गरेर दिनमा धेरैपटक हिड्नुपर्दछ । बच्चाहरु यिनै चिहानको आसपास खेलिरहेका हुन्छन् ।

गाउँलेहरु चिहानको दिनहुँ पुजा गर्दछन्, प्रसाद चढाउँछन् । पिता पुर्खाका चिहानमा नचढाएसम्म घरमा पाकेको खानेकुरा कसैले पनि खाँदैनन् ।

यतिमात्र कहाँ हो र गाउँका मानिसहरुले आफ्नो घरमा किनेको नयाँ टिभी, मोबाइल फोन, कम्प्युटर आदि मेसिनरी सामानहरु सबैभन्दा पहिले घरअगाडि रहेका चिहानको नजिक राखेर पुजा गर्दछन् अनि मात्र चलाउँदछन् ।

प्रकाशित मिति: May 7, 2018

प्रतिक्रिया दिनुहोस्