Logo
१९ बैशाख २०८१, बुधबार
(March 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘सुपरस्टार नाइट शो’ का लागि नेपाली कलाकार टोली कतारमा

काठमाडौं :  ‘बुम कुमारी सुपरस्टार नाइट’ सांगीतिक कार्यक्रमको लागि नेपाली कलाकार टोली कतार पुगेका छन् । नेपाली कला, सँस्कृति र सांगीतिक क्षेत्रलाई विदेशमा रहेका नेपाली माझ फैल्याउने उदेश्यका साथ आयोजित कार्यक्रम मार्च ९ मा हुँदैछ ।

कार्यक्रमका लागि नायिका निरुता सिंह, नृत्य निर्देशक शंकर बिसी, गायक संगितकार सन्तोष राज, गायिका सेलिना कुँवर, लोक गायिका राधिका हमाल, हाँस्यकलाकार जितु नेपाल, गायक तथा संगीतकार राजनराज सिवाकोटी, गायक अनिल सिंह, गायक युवराज चौलागाईँ लगायतको टिम विहीबार कतार पुगेको हो ।

बुम रेमिट प्रमुख तथा कार्यक्रम संयोजक धिरेन्द्र पन्तका अनुसार कतारको सनैयास्थित एम्पी थिएटरमा शुक्रबार साँझ ६ बजेबाट कार्यक्रम सुरु हुनेछ । उक्त कार्यक्रम कुमारी बैंक र बुम रेमिटले संयुक्त रुपमा आयोजना गरेका हुन् ।

प्रकाशित मिति: Mar 9, 2018

प्रतिक्रिया दिनुहोस्