Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि भूमिराजले जिते

पोखरा : पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको उपाधि नेपाल प्रहरीका भूमिराज राईले जितेका छन् । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा सोमबार पोखरामा भएको प्रतिस्पर्धामा उनले निर्धारित ४२/१९५ किलोमिटरको दौड २ घण्टा ३६ मिनेट ४२ सेकेण्डमा पार गर्दै उपाधि सफल भएका हुन् ।

उनले उपाधिसँगै नगद ७० हजार रुपैयाँ प्राप्त गरे । भूमिराज भन्दा २ मिनेट ४ सेकेण्डले पछि परेका नेपाली सेनाका हरिकुमार रिमाल द्वितीय भए । उनले निर्धारित दूरी २ घण्टा ३८ मिनेट ४६ सेकेण्डमा पार गरे । रिमालले ४५ हजार रुपैयाँ पुरस्‍कार पाए । २ घण्टा ३९ मिनेट ३२ सेकेण्डमा सो दुरी पार गरेका आर्मीकै लालबहादुर थापा तेस्रो भए । उनले नगद ३० हजार रुपैयाँ पाए ।

म्याराथनमा १ सय १३ जना सहभागी भएकोमा सशस्त्र प्रहरीका गणेश ठकुरी चौथो भए । उनले २ घण्टा ४५ मिनेट ४५/२ सेकेण्डमा उक्त दुरी पार गर्दै ५ हजार रुपैयाँ पुरस्कार पाए भने ब्रेभ गोर्खा ट्रेनिङ सेन्टरका रामकुमार लिम्बुले ३ घण्टा १ मिनेट २० सेकेण्डमा उक्त दुरी पार गर्दै पाचौं भए ।

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको अवसरमा आयोजित १० किलोमिटर दौड प्रतियोगिताको पहिलो, दोस्रो र तेस्रो स्थानमा नेपाली सेनाका खेलाडीले स्थान सुरक्षित गरे । निर्धारित दूरी प्रतियोगितामा ३७ मिनेट ५३ सेकेण्डमा पार गर्दै आर्मीका रामजी बस्नेत पहिलो, ३८ मिनेट २० सेकेण्डमा दूरी पार गर्दै आर्मीका कल्याण बानियाँ दोस्रो र ३८ मिनेट ४१ सेकेण्डमा सो दूरी पार गरेका आर्मीकै मिलन कार्की तेस्रो भए ।

पहिलो भएका बस्नेतले, १५ हजार, दोस्रो हुने बानियाँले १० हजार र तेस्रो हुने कार्कीले ५ हजार रुपैयाँ पाए १० किलोमिटर महिला दौड प्रतियोगितामा सशस्त्रकी ईन्द्रधन्के श्रेष्ठ प्रथम, नेपाली सेनाकी सरिता बासी द्वितीय र सशस्त्रकै स्वस्तिका श्रेष्ठ तृतीय भइन् । श्रेष्ठले १५ हजार, द्वितीय हुने सरिता बासीले १० हजार र तृतीय हुने स्वस्तिका श्रेष्ठले ५ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।

५ किलोमिटर छात्रा दौडमा लक्ष्मी आवासीय मावि लेखनाथकी ललिता लामिछाने प्रथम, शहीद स्मृति विद्यालय पोखराकी माधुरीदेवी कुर्मी द्वितीय र शिशु कल्याण स्कुलकी कृति थापा तृतीय भए । प्रथम हुने ललिता लामिछानेले १० हजार, द्वितीय हुने माधुरीदेवी कुर्मीले ७ हजार र तृतीय हुने कृति थापाले ४ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगितामा ५ किलोमिटर छात्र दौड जेसिज सेकेण्डरी स्कुलका सागर श्रेष्ठ प्रथम, डेफोडिल बोर्डिङ स्कुलका मनिस कार्की द्वितीय र सृजना माविका मदन ओली तृतीय भए । प्रथम हुने सागर श्रेष्ठले १० हजार, द्वितीय हुने अनिस कार्कीले ७ हजार र तृतीय हुने मदन ओलीले ४ हजार प्राप्त गरे ।

अपाङ्गतामा भएकाहरुका लागि आयोजित ४ सय मिटर पुरुष हृविलचेयर प्रतियोगितामा सुरेश गौली प्रथम, भरत अधिकारी द्वितीय र बलबहादुर रोकाया तृतीय भए । १ सय मिटर महिला हृविलचेयर प्रतियोगितामा लक्ष्मी सुनार प्रथम, अञ्जु बराल द्वितीय र पूजा विक तृतीय भए ।

१ सय मिटर पुरुष दृष्टिविहीन प्रतियोगितामा सुरेश गौली प्रथम, भरत अधिकारी द्वितीय र बलबहादुर रोकाया तृतीय भए भने १ सय मिटर महिला दृष्टिविहिन् दौडमा लक्ष्मी सुनार प्रथम, अञ्जु बराल द्वितीय र पूजा विक तृतीय भए । हृविलचेयर तथा दृष्टिविहीन दौडमा प्रथम हुनेले ५ हजार, दोस्रो हुनेले ३ हजार र तेस्रो हुनेले २ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।

 

प्रकाशित मिति: Feb 19, 2018

प्रतिक्रिया दिनुहोस्