Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिन्धुपाल्चोकमा भएको ट्रक दुर्घटनामा तीन जनाको मृत्यु

सिन्धुपाल्चोक : सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–६ बोर्डरलाइनमा शुक्रबार बिहान ट्रक दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । तातोपानीबाट बाह्रबिसे आउँदै गरेको बा ४ ख २८१२ नंको आइचर ट्रक अरनिको राजमार्गबाट ५० मिटर तल भोटेकोशी नदीमा खसी दुर्घटना भएको हो ।

दुर्घटनामा परी बाह्रबिसे नगरपालिका–८, मानेस्वराका ३५ वर्षीय चालक शेखर अधिकारी, सोही स्थानका ४० वर्षीय सुब्बा अधिकारी र २० वर्षीय कमल अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति: Feb 16, 2018

प्रतिक्रिया दिनुहोस्