Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अस्पतालमा सुत्केरी आमा र बच्चाको मृत्यु

रुकुम : चौरजहारी नगरपालिका–१२ की २८ वर्षीया सुशीला विष्ट र उनको बच्चाको चौरजहारी अस्पतालमा आमा र बच्चाको मृत्यु भएको छ । घरमा अत्यधिक रक्तस्राव भएपछि विष्टलाई आफन्तले बिहीबार अस्पताल पु¥याएका थिए ।

पाँचौँ पटक गर्भवती भएकी उनको बच्चाले गर्भमा नै दिशा गरेपछि बिहीबार राति मृत्यु भएको र विष्टको शरीरमा रगतको अभाव रहेकोले बान्ता गरिरहेका कारण उनको उपचारमा समस्या आएको चौरजहारी अस्पतालका डा सुमन राईले जानकारी दिए ।

अस्पतालमा शल्यक्रियाको तयारी गरिरहेकै बेला विष्टको मृत्यु भएको डा राईको भनाइ रहेको छ ।

प्रकाशित मिति: Feb 2, 2018

प्रतिक्रिया दिनुहोस्