Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्वाचनमा आचारसंहिता पालना नगर्नेमाथि कडा कारबाहीको चेतावनी

विराटनगर : राष्ट्रियसभा निर्वाचनको सन्दर्भमा माघ २४ गते हुन गइरहेको १ नं प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा बसेको बैठकले आचारसंहिता पालना नगर्नेमाथि कडा कारबाही गरिने निर्णय गरेको छ ।

बैठकमा आचारसंहिता विपरीत झण्डा, बोर्ड, तुल र तोरण राख्न नपाइनुका साथै गत प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा कायम रहेको राजनीतिक दलका ‘फोकल पर्सन’ लाई राष्ट्रियसभाको निर्वाचनमा कायम राख्ने निर्णय गरिएको छ ।

एकल संक्रमणीय निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचन प्रणालीको सम्बन्धमा मतदातालाई एकत्रित गरी पुनः प्रशिक्षण दिने निर्णय गरिएको छ भने एकल संक्रमणीय प्रणाली र बहुमतीय प्रणालीबाट एकै पटक मतदान गर्नुपर्ने भएकाले मतदाताले एकल संक्रमणीय प्रणालीतर्फ १/२/३ लेखेर प्राथमिकता जनाएर मतदान गर्ने र आरक्षित कोटाअन्तर्गत दलित तथा अल्पसंख्यक अपांग कोटामा ठीक चिह्न लगाउनुपर्ने निर्णय गरिएको छ ।

१ नं प्रदेशको १४ वटै जिल्लाबाट आउने मतदाता विराटनगरको वीरेन्द्र सभागृहस्थित मतदान केन्द्रमा मतदान गर्दा स्थानीय तहको प्रमुख, उपप्रमुख एउटा मतदान केन्द्रमा र प्रदेशसभा सदस्यले अर्को मतदान केन्द्रमा मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

बैठकमा प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य, क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेलका साथै नेपाली काँग्रेस, नेकपा एमाले नेकपा माओवादी केन्द्र राजपालगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिको उपस्थिति रहेको थिए ।

प्रकाशित मिति: Jan 29, 2018

प्रतिक्रिया दिनुहोस्