Logo
१५ बैशाख २०८१, शनिबार
(January 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

करुणामाई मन्दिरबाट दुई लाख बराबरको गहना चोरी

बनेपा : काभ्रेपलाञ्चोकको बनेपा–४ उग्रचण्डीनालास्थित करुणामाई मन्दिरमा रहेका मूल्यवान् चाँदीका गरगहना चोरी भएको छ । गएराति चाँदीका पाउजु, सिक्री, ताज मुकुट चोरी भएको इलाका प्रहरी कार्यालय, बनेपाका प्रहरी निरीक्षक सुनिलजङ शाहले जानकारी दिए । उनका अनुसार मन्दिरबाट रु दुई लाख बराबरको गरगहना चोरी भएको अनुमान छ । स्थानीयवासीका अनुसार नेवारी समुदायको तान्त्रिक देउता आन्नदेव पनि चोरी भएको छ ।

करुणामाई मन्दिरमा भक्तजनले चाँदीका गहना चढाउँछन् ।मंगलबार बिहान भक्तजनहरु त्यहाँ पुग्दा चोरी भएको थाहा भएपछि प्रहरीलाई जानकारी दिएका थिए । प्रहरी निरीक्षक शाहले घटनाको विस्तृत अनुसन्धान भइरहेको बताए ।

प्रकाशित मिति: Jan 29, 2018

प्रतिक्रिया दिनुहोस्