Logo
१५ बैशाख २०८१, शनिबार
(January 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विराटनगरको कपडा पसलमा आगलागी हुदा लाखौँ क्षति

विराटनगर : यहि माग ३ गते मंगलबार बिहान विराटनगरको मेनरोडस्थित ट्राफिक चोक नजिकको एक तयारी कपडा पसलमा आगलागी हुँदा करिब रु ४० लाख बराबरको धनमाल क्षति भएको छ ।

विराटनगर–६ निवासी प्रशन्न वैद्यको ट्याग फेसन वेयरमा विद्युत् चुहावट भई भएको आगलागीबाट पसलमा रहेको तयारी ५० प्रतिशतभन्दा बढी कपडा जलेर नष्ट भएको छ ।

राससका अनुसार, बिहान ५ बजेतिर आगलागी भएकोेले आगोलागीमा परी करिब रु ४० लाख मूल्य बराबरको धनमाल क्षति भएकोले वारुणयन्त्र, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालयका प्रमुख सुरेन्द्र सिटौलाले बताएका छन ।

प्रकाशित मिति: Jan 17, 2018

प्रतिक्रिया दिनुहोस्