Logo
१९ बैशाख २०८१, बुधबार
(January 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नीजि शैक्षिक क्षेत्रका कानूनी जटिलतालाई सरल बनाउन माग

काठमाडौं : नेश्नल प्याब्सनकी संस्थापक एवम् पूर्व सांसद गीता क्षेत्री राणाले नीजि शैक्षिक क्षेत्रसँग जोडिएका कानूनी जटिलतालाई सरल बनाउन सरकारसँग माग गरेकी छिन् । प्याब्सनको २० वार्षिकोत्सवको अवसरमा आयोजना गरेको विशेष पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएकी हुन । उनले भनिन्,‘नीजि क्षेत्रमा रहेर नेश्नल प्याब्सनले शैक्षिक क्षेत्रको उल्लेख्य विकास गरेको छ, सामुदायिक विद्यालयमा कक्षा १ देखी मात्रै बालबालिकाले पढ्न पाउने व्यवस्था छ, तर नीजि क्षेत्रले त्योभन्दा पहिले नै बालबालिकाहरुलाई शिक्षा दिने काम गर्न सकेको छ ।’

राणाले विगत २० वर्षदेखि शैक्षिक क्षेत्रको विकासको लागि अतुलनीय साथ दिँदै आएको जिकिर गरिन् । उनले भनिन्, ‘सरकारले १ देखि कक्षा १२ सम्मलाई माध्यामिक शिक्षा घोषणा गरेको छ, कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुलाई बैशाखदेखि चैत्रसम्म पढाउनुपर्छ, ११ र १२ कक्षाका विद्यार्थीहरुलाई भदौसम्म पढाउनुपर्ने हुन्छ, यस्तो दुईखाले व्यवस्थापन कसरी गर्ने ? यसका बारेमा सरकारले सोच्नुपर्छ।’ कार्यक्रममा बरिष्ठ उपाध्यक्ष प्रकाश पाण्डे, उपाध्यक्ष डा. कुश्मिला आचार्य, जिल्ला कमिटी सदस्य गीता खड्का र मनोज घिमिरे लगायतले नेश्नल प्याब्सनले अहिलेसम्म खेलेको भूमिकाको बारेमा प्रकाश पारेका थिए ।

प्रकाशित मिति: Jan 11, 2018

प्रतिक्रिया दिनुहोस्