Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश नम्बर ७ को राजधानी दिपायल हुनुपर्ने भन्दै क्षेत्रीय कार्यालयको गेटमा धर्ना

डोटी : प्रदेश नम्बर ७ को राजधानी डोटीको दिपायल कायम हुनुपर्ने माग राख्दै मंगलबार क्षेत्रीय प्रशासन कार्यालयको गेटमा धर्ना दिइएको छ । राजधानीको माग गर्दै सरकारलाई दबाब दिन धर्ना कार्यक्रम गरिएको संघर्ष समितिले जनाएको छ ।

एक सातासम्म लगातार यातायात बन्द तथा आमहड्ता गर्दै आन्दोलनमा रहेका डोटीबासी मंगलबारबाट आन्दोलनको स्वरुप परिवर्तन गर्दै धर्ना बसेका हुन् । ‘राजधानी मागको आन्दोलनजारी रहेको छ’, संघर्ष समितिका संयोजक नरेन्द्रबहादुर खड्काले भने, ‘बन्द, हड्ताल गरेपनि सरकारले राजधानी डोटी कायम नगरुन्जेसम्म आन्दोलनजारी रहनेछ ।’

प्रकाशित मिति: Jan 9, 2018

प्रतिक्रिया दिनुहोस्