Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 29, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भैंसी चराउन जाँदा भएको यौन सम्बन्ध रहस्य खुल्ने डरले दिदीद्वारा भाइको हत्या

सिरहाको कर्जन्हा–२ की १६ वर्षिया प्रियंका यादवले आफ्नो यौनकाण्ड लुकाउन साथीसँग मिलेर १३ वर्षिय भाइको हत्या गरेकी छिन् । प्रहरीका अनुसार कात्तिक ३ गते भएको सो हत्यामा संलग्न उनीहरु दुवैलाई पक्राउ गरेर छानबिन सुरु गरिएको छ । हत्याका अभियुक्त १४ वर्षीय संजय र १६ वर्षीया प्रियङ्कालाई इलाका प्रहरी कार्यालय मिर्चैयाले पक्राउ गरेर आइतबार सार्वजनिक गरेको छ ।

भैसी चराउन जंगल गएको वेला प्रियंका र सञ्जयलाई भवेशले आपत्ति जनक अवस्थामा देखेपछि सो कुरा अरुलाई सुनाइदिने डरले उनीहरु दुबै मिलेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जानकारी दिएको छ ।

प्रहरी नायब उपरीक्षक गज्जुसिद्धी बज्राचार्यका अनुसार प्रियङ्का मृतक भवेशकै ठूलो बुबाकी छोरी हुन् । संजय धनुषा धनौजीकट्टी ५ का नथुनी साहका छोरा हुन् । उनी कर्जन्हा नगरपालिका २ स्थित मामा नविन साहको घरमा बसेर पढ्दै छन् । मृतक भवेश र हत्या गर्ने बालक संजय गाउँमा जहिल्यै सँगसँगै खेल्ने गर्थे ।

१४ वर्षिय सञ्जय साहसँगको यौन सम्बन्ध खुल्ने डरले प्रियंकाले साहसँग मिलेर आफ्नै ठूलोबुवाका छोरा भवेश यादवको हत्या गरेको प्रहरीले जनाएको छ । कात्तिक ३ गतेदेखि हराएका भवेशको शव घर ननिकैको सिशम जंगलको वनमारा घारीमा ५ गते बेलुका फेला परेको थियो ।

‘कार्तिक १ गते भैंसी चराउन जाँदा कमला नदी किनारको नर्सरीमा प्रियङ्कासँग संजयले यौन सम्पर्क राखेका थिए’, प्रहरी नायब उपरीक्षक बज्राचायले भने, ‘यौन सम्पर्क राखेको दृष्य भवेशले देखेका थिए । त्यसैले अरुलाई सुनाइदिन्छ कि भनेर प्रियंका र संजयले उनको हत्या गरेका अनुसन्धानबाट खुलेको छ ।’

यसरी बन्यो हत्याको योजना : 
प्रियङ्का र संजय कात्तिक १ गते भैंसी चराउन नर्सरी पुगेका थिए। नर्सरीको झाडीमा प्रियङ्कासँग संजयले शरीरिक सम्बन्ध राख्दा भवेशले देखे । हतार हतार भवेश घर गए । भवेशका ठूलो बुवाको छोरी प्रियङ्का पनि घर पुगिन् । ‘शारीरिक सम्बन्धबारे म सबैलाई भनिदिन्छु’ भनेर भवेशले प्रियङ्कालाई भने । त्यसपछि तनावमा रहेकी प्रियङ्काले संजयसँग सम्पर्क गरिन्। यो कुरा सार्वजनिक भए समस्या हुन्छ भन्ने निष्कर्ष संजय र प्रियङ्काले निकाले । भवेशले कसैलाई भन्नुअगाडी नै उनको हत्या गर्ने योजनामा दुवै सहमत भए ।

आफूहरु धेरै मोवाइल र पटाका भेटाएको बहाना बनाएर प्रियङ्का र संजयले भवेशलाई फकाएर नर्सरी पुर्‍याए । पटाका यति धेरै छ कि हेरेपछि दिमाग खराब भइहाल्छ भनेर संजयले भवेशको दुबै आँखा बन्द गर्न लगाए । प्रियङ्काको सल लिएर संजयले भवेशको दुबै आँखा बाँधिदिए । पटाका र मोबाइल त के ल्याउनु प्रियङ्काले लुकाएर लगेको खुकुरी निकाले र भवेशको घाँटीमा बजारे ।

पालैपालो प्रियङ्का र संयज दुवैले खुकुरी उनको घाँटीमा प्रहार गरे। जतिबेलासम्म भवेशको शरीरबाट घाँटी अलग भएन त्यत्तिबेलासम्म खुकुरी प्रहार गरिरहे । त्यसपछि कसैले पहिचान गर्न नसकोस् भनेर संजयले भवेशको घाँटी नर्सरीको झाडीमा फालिदिए । भवेशको हत्या बारे प्रहरीले यस्तो रहस्य सार्वजनिक गरेको हो। भवेशको हत्या दिउँसो भएको थियो । प्रहरीले हत्या भएकै दिन साँझ नर्सरीमा उनको शव भेटेको प्रहरी नायब उपरीक्षक बज्राचार्यले पत्रकार सम्मेलनमा जानकारी दिए ।

संजयले आफूले नै हत्या गरेको स्वीकार गरे । उनले आफू प्रियङ्कासँग यौन सम्पर्क राख्दा भवेश देखेका थिए । घरका सबैलाई यौनसम्पर्क गरेको कुरा सुनाइदिन्छु भनेर भवेशले भनेकै कारण उनलाई हत्या गरेको संजयले प्रहरी समक्ष स्वीकारेका छन् । संजयले उनको हत्या गर्न आफूले यौनसम्पर्क राखेकी प्रियङ्काले सघाएको बताए । त्यसपछि प्रहरीले प्रियङ्कालाई पनि पक्राउ गरेको हो ।

प्रकाशित मिति: Oct 29, 2017

प्रतिक्रिया दिनुहोस्