Logo
२६ बैशाख २०८१, बुधबार
(October 28, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मृत्यु हुनेको संख्या सात पुग्यो : ‘शव निकालिएको छ, सनाखत भएको छैन’

धादिङको गजुरीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । राजविराजबाट काठमाडौंका लागि आइरहेको ना ६ ख १४६७ नम्बरको रात्री बस शनिबार बिहान धादिङको बांगेमोडबाट त्रिशूली नदीमा खस्दा अहिलेसम्म ७ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा १५ जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते १५ जनामध्ये गम्भीर घाइते दुई जनालाई उपचारका लागि काठमाडौंको ट्रमा सेन्टरमा लगिएको छ । अन्य १३ जना घाइतेको स्थानीय गजुरी सामुदायीक अस्पतालमा उपचार भइरहेको छ ।

गजुरीका प्रहरी निरिक्षक बरूण सिंहका अनुसार दुर्घटनास्थलबाट अहिलेसम्म ७ जनाको शव निकालिएको हो । उनीहरुको सनाखत भएको छैन ।

उनले भने ‘अहिले सम्म मृत्यु हुनेको संख्या सात पुगेको छ ७ जनाको शव निकालिएको छ तर सनाखत भएको छैन, उद्धारकार्य जारी रहेको छ ‘

बसमा कति यात्रु थिए भन्ने एकीन अझै हुन सकेको छैन । घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारका लागि परिचालन गरिएको छ ।

प्रकाशित मिति: Oct 28, 2017

प्रतिक्रिया दिनुहोस्