Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 21, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आमिरको ‘दंगल’ले लग्यो नेपालबाट ४ करोड

काठमाडौं, शुक्रबारबाट प्रदर्शनमा आउन लागेको आमिर खानको फिल्म ‘दंगल’को नेपाल प्रदर्शन अधिकार ल्याएको गोपीकृष्ण मुभिजले अग्रिमरूपमा ४ करोड बुझाएको छ । गोपीकृष्णका लागि फिल्म किन्दै आएका निरज पौडेलले आंमिरको ‘दंगल’का लागि तिरिएको उक्त रकम कुनै पनि बलिउड फिल्मका लागि तिरिएको हाल सम्मकै सर्वाधिक रकम हो।

आमिरले संसारभर फिल्म वितरकलाई कमिशनमा बिक्री गरेपछि नेपालमा पनि ‘दंगल’ कमिशनको सर्तमा भित्रिएको हो। ‘यसपटक आमिरले सबैतीर फिल्म फिक्समा नबेची कमिशनमा बेचेका छन्। त्यही अनुरूप हामीले पनि कमिशनमा फिल्म नेपाल आएका हौ। हामीले चार करोड रूपयाँ अग्रिम बुझाइसकेका छौ’, पौडेले भने।

भारतिय कुस्तीवाज महाबिर सिंहको जीवनीमा आधारित फिल्मलाई लिएर आमिरमा रहेको आत्मविश्वासका कारण आमिरले खतरा मोल्दै फिल्म कमिशनमा दिएका हुन्। यस अनुसार ‘दंगल’बाट आर्जित मुनाफाको १० प्रतिशत वितरकले पाउने छन्। निरजका अनुसार फिल्मले आमिरको पछिल्लो रिलिज ‘पिके’को ६ करोडको कमाइलाई उछिन्ने आशा रहेको बताए। मल्टिप्लेक्समा भएको आक्रमक बुकिङले यसको संकेत गरेको जानकारी दिए।

‘बलिउडमा करन जोहर लगायतकाले फिल्मको राम्रो तारिफ गरिरहेको परिप्रेक्षमा कन्टेन फिल्ममा त्यही अनुसार भए फिल्मले पिकेको रेकर्ड नेपालमा तोड्नेछ’, उनले थपे। निरजले सोमबारबाट ‘दंगल’का लागि मल्टिप्लेक्सहरूले खोलेको बुकिङ आधिकांश प्याक भइसकेको जानकारी आफूलाई प्राप्त भएको बताएका छन्।

‘पिके’को सक्सेस पार्टीमा आमिर खानसँग निरज पौडेल

 

प्रकाशित मिति: Dec 21, 2016

प्रतिक्रिया दिनुहोस्