ईद मनाउन हजारौं मानिस जम्मा भएका स्थानमा बम आक्रमण
काठमाडौं । बंगलादेशको शोलेक्युमा ईद मनाउन हजारौं मानिस जम्मा भएका स्थानमा बम आक्रमण भएको छ । आक्रमणमा परी एक प्रहरीसहित दुई जनाको मृत्यु भएको छ । घटनामा थुप्रै घाइते भएका छन् ।
थप विवरण आउन बाँकी छ । बंगलादेशको सबैभन्दा सुरक्षित स्थान गुलशनमा आक्रमण भएको केही दिनपछि नै यो घटना भएको हो ।
आक्रमण गरिएको बंगलादेशको सबैभन्दा ठूलो इद मनाउने स्थल समेत हो । ६ देखि ७ जनाको समूहमा रहेका बन्दुधारी पहिले प्रहरीमाथि आक्रमण गराएका थिए । र, त्यसपछि विस्फोट गरेका थिए । फाइल तस्वीर, एफपी