Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 4, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भ्रमणका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा

Team-Nepal

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले तोकेको छनौट समितिले बेलायत भ्रमणका लागि नेपाली क्रिकेट टोलीको घोषणा गरेको छ । पारस खड्काको कप्तानीमा घोषित १५ सदस्यीय टोलीमा बिक्रम शोबले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् ।

यस्तै सुवास खकुरेल र अनिल मण्डलले पुनरागमन गरेका छन् । आन्तरिक विवादमा परेपछि अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले नेपाल क्रिकेट संघ क्यानलाई निलम्बन गरेपछि राष्ट्रिय टोलीले पहिलो पटक अन्तराष्ट्रिय स्तरमा सहभागीता जनाउन लागेको हो ।

आईसीसीका बेन्केटापथी राजु, नेपाली टोलीका प्रमुख प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काको तीन सदस्यीय टोलीले १५ सदस्यीय टोलीको छनौट गरेको हो । क्यान निलम्बनमा परेपछि आईसीसी आफैंले नेपाली टिम हेरिरहेको छ ।

घोषित टोलीमा ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी छन् । यस्तै करण केसी, सन्दिप लामिछाने, राजु रिजाल र राजेश पुलामी मगर पनि छन् ।

नेपाली टोलीले आगामी साउन चार गते बेलायतमा मेरिलोन क्रिकेट क्लब एमसीसीसँग प्रतिस्पर्धा गर्नेछ । नेपाली टोलीले अन्य स्थानीय टोलीसँग समेत मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्नेछ । #फाइल फोटो

प्रकाशित मिति: Jul 4, 2016

प्रतिक्रिया दिनुहोस्