Logo
२३ बैशाख २०८१, आईतबार
(August 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विदेश विभागमा माधवकुमार, स्कुलमा पोखरेल, वामदेवलाई संगठन, काजीलाई प्रचारको जिम्मेवारी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शुक्रबार बालुवाटारमा बसेको सचिवालयको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत शीर्ष नेता । चन्द्रकला क्षेत्री

काठमाडौं : लामो समयदेखिको उतारचढाववीच सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले स्कुल विभाग प्रमुखको टुंगो लगाएको छ । शुक्रबार बसेको सचिवालय बैठकले स्कुल विभाग प्रमुखको जिम्मेवारी ईश्वर पोखरेललाई दिने निर्णय गरेको हो ।

स्कुल विभाग प्रमुखका लागि पोखरेलसँगै नारायणकाजी श्रेष्ठ, घनश्याम भुसाल, बेदुराम भुसालसहित ८ नेताको दावी थियो । खासगरी पूर्वएमालेले पोखरेल र पूर्वमाओवादीले श्रेष्ठको नाममा अडान लिएपछि स्कुल विभाग प्रतिष्ठाको विषय बनेको थियो ।

स्रोतका अनुसार शुक्रबार बिहान प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा स्कुल विभागको प्रमुखको टुंगो लागेको थियो ।

बालुवाटारको बैठकमा भने यसबारे कुनै विवाद नभएको एक सचिवालय सदस्यले बताए । यस्तै नेकपाले संगठन विभाग प्रमुखको जिम्मेवारी बामदेव गौतमलाई दिएको छ । उनलाई पार्टीको उपाध्यक्षमा पनि नियुक्त गर्ने निर्णय गरेको छ ।

विदेश विभाग प्रमुखमा माधवकुमार नेपाल, नीति तथा प्रतिष्ठानमा झलनाथ खनाल, प्रचारमा नारायणकाजी श्रेष्ठ र अर्थ विभागको प्रमुखमा सुरेन्द्र पाण्डेको नाम टुंगो लगाएको छ । जनवर्गीय संगठनसम्बन्धी विभागीय प्रमुखको भने टुंगो लाग्न बाँकी छ ।

प्रकाशित मिति: Aug 16, 2019

प्रतिक्रिया दिनुहोस्