Logo
१६ बैशाख २०८१, आईतबार
(July 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हुवावेलाई कलोसूचीमा राख्ने निर्णयलाई ट्रम्पले लिए ६ हप्ता पछि ‘यू टर्न’

एजेन्सी : अमेरिकी सरकारले हुवावेलाई कलोसूचीमा राख्ने निर्णय गरेको ६ हप्तापछि त्यसमा ‘यू टर्न’ लिएको छ ।गत मे महिनामा अमेरिकाको वित्त मन्त्रालयले लाइसेन्स नलिनइकन अमेरिकामा निर्माण भएका कुनै पनि सामाग्री हुवावेलाई बेच्न नपाइने नियम लागु गरेको थियो ।

हुवावले अमेरिकाको राष्ट्रिय सुरक्षा र विदेश नीतिमाथि हानी पुर्याउने काम गरिरहेकाले नयाँ व्यवस्था गरिएको अमेरिकी अधिकारीले बताएका थिए ।शनिवार ट्रम्पले हुवावेलाई उपकरण बेच्न नपाउने आफ्नो सरकारको निर्णय उल्टाउँदै भने, ‘ठूलो राष्ट्रिय आपत्तकालिन समस्या नल्याउने अवस्थामा अमेरिकी कम्पनीले तिनको उपकरण हुवावेलाई बेच्न सक्छन् ।’

ट्रम्पको घोषणा जी-२० सम्मेलनको क्रममा उनका चिनियाँ समकक्षी सी जिनपिङसँगको भेटवार्तापछि आएको थियो । चीन र अमेरिकाका राष्ट्रपति आफ्ना देशका प्रतिनिधिसहित दुई देशको व्यापारमा आएको गतिरोध छलफल गर्न भेटवार्ता गरेका थिए । वार्तामा हुवावेको विषय पनि उठेको थियो ।

ट्रम्पले हुवावलाई कालो सूचीबाट हटाएपछि हुवावेले आफ्नो आधिकारिक ट्वीटर एकाउन्टमा यसबारे टिप्पणी गर्दै लेखेको छ, ‘यू-टर्न ? डोनाल्ड ट्रम्पले हुवावेलाई पुनः एक पटक अमेरिकी प्रविधि किन्न अनुमती दिने बताएका छन् ।’

हुवावेले अमेरिकी आशंकामाझ विगतदेखि नै आफूले कुनै गल्ती नगरेको बताउँदै आएको थियो । उसले प्रतिबन्ध लागेदेखि नै अमेरिकी उत्पादनमाथि पहुँच सुचारु गर्न राजनीतिक प्रभाव प्रयोग गरिरहेको थियो ।

प्रकाशित मिति: Jul 1, 2019

प्रतिक्रिया दिनुहोस्