Logo
१८ बैशाख २०८१, मंगलबार
(September 10, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारत जानुअघि मधेशमै गएर प्रधानमन्त्रीले मधेशीलाई सम्बोधन गर्ने !

फाइल तस्विर
फाइल तस्विर

काठमाडौ । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारत भ्रमण जानुअघि मधेशलाई सम्बोधन गर्ने भएका छन् । आफूले जितेको सिरहा क्षेत्र नंं ५ को मिर्चैयमा एक आमसभाको आयोजना गरि मधेशलाई सम्बोधन गर्न लागिएको हो । भदौ ३० गते भारत भ्रमण जानुअघि भदौं २७ गते प्रधानमन्त्री प्रचण्डले मधेश गएर त्यहाँका जनतालाई सम्बोधन गर्ने भएका हुन् ।

पार्टीकै आयोजनामा हुने लागेको सो कार्यक्रममा मधेशका लागि धेरै महत्वपूर्ण राख्ने कार्यक्रम हुने बताइएको छ । माओवादी केन्द्रका नेता एवं प्रदेश नं. २ का इन्चार्ज मातृका यादवका अनुसार भदौ २७ गते प्रधानमन्त्री प्रचण्डको सम्बोधन यो कारणले महत्वपूर्ण हुन्छ कि उनी मधेशबाट जितेर प्रधानमन्त्री बनेका हुन् र आफ्नो जनतालाई सम्बोधन गर्न लागेका हुन् ।

उनले भने, ‘अर्को कुरा भारतको औपचारिक भ्रमणमा जानुभन्दा पहिले मधेशलाई सम्बोधन गरेका छन् त्यो पनि महत्वपूर्ण कुरा हो ।’ ‘प्रचण्ड प्रधानमन्त्री भएपछि काठमाडौ बाहिरको यो पहिलो सम्बोधन हो,’ यसले पनि मधेशलाई प्रधानमन्त्री प्रचण्डले कति महत्व दिएको कुरा प्रष्ट भएको नेता यादवले बताए ।

नेता मातृका यादवले मधेशबाट जितेर प्रधानमन्त्री बनेकोमा त्यहाँका मधेशी जनता त्यतिकै पनि खुशी छन, झन भारत भ्रमणमा जानुअघि त्यही गएर सम्बोधन गर्न लागेको कुराले त्यहाँका जनता उत्साहित भएको बताए ।

आमसभाको तयारी लगभग पूरा भएको नेता यादवले बताए । कार्यक्रममा पच्चास हजार जनता उपस्थित गराउने तयारी रहेको बुझिाएको छ । आमसभापछि मिर्चैयामा विद्युतको शाखा कार्यालय उद्घाटन गर्ने कार्यक्रमसमेत रहेको बताइएको छ ।

प्रकाशित मिति: Sep 10, 2016

प्रतिक्रिया दिनुहोस्