Logo
२५ बैशाख २०८१, मंगलबार
(August 17, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिंघानियाँ हत्याका अभियुक्त रामविनोद यादव थुनामा

R ambinod-yadav

जनकपुरधाम १ भदौ । सञ्चार उद्यमी अरुण सिंघानियाँ हत्या काण्डका अभियुक्त रामविनोद यादव जिल्ला अदालत धनुषामा हाजिर भए पछि अदालतले उनलाई  पुर्पपक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।  संघानियाको हत्यास फरार भई प्रहरीको व्यापक खोजविनको सूचिमा रहेका यादव मंगलबार अचानक जिल्ला अदालत धनुषामा हाजिर भएका थिए ।

जनकपुर टुडे सञ्चार समूहद्वारा सञ्चालित जनकपुर टुडे दैनिक तथा रेडियो टुडेका सञ्चालक रहेका सिंहानियाको वि.स.२०६६ फागुन १७ गते होलीका दिन जनकपुरधामको शिवचोकमा गोली हानी हत्या गरिएको थियो ।  गत बैशाख १४ गते धनुषा जिल्ला अदालतले सिंहानिया हत्याकाण्डमा संलग्न रहेको आरोपमा तीन जना अभियुक्तलाई पूर्वपक्षका लागि थुनामा राख्न आदेश दिएको थियो भने अन्य तीन जना अभियुक्तलाई धरौटी राखी साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो ।

यस्तै सिंघानिया हत्यामै संलग्न रही फरार रहेका रामविनोद यादव, पवन लामा, मनक लामा र विजय कुशियैतलाईसमेत कानुन अनुसार वारेन्ट सहितको पुर्जी जारी गर्न आदेश दिइसकेको छ । हत्यामा संलग्न मुख्य सुटर गत जेष्ठ महिनामा पक्राउ परी थुनामा छन् ।

प्रकाशित मिति: Aug 17, 2016

प्रतिक्रिया दिनुहोस्