खेततिर निलगाई धपाउन गएका किसानको हत्या, उँखु खेतमा शव फेला
महोत्तरीमा एक पुरुषको हत्या भएको अवस्थामा शव फेला परेको छ । महोत्तरीको औरही नगरपालिका-२ फुलवरिया बस्ने ४० वर्षका बेचु महतो हत्या भएको हो । बचुको शव बुधबार विहान गाउँबाट ७ सय मीटर पूर्व उँखु खेतमा फेला परेको हो ।
काउली खेतमा निलगाई धपाउंन गएका बेचुको उखुघारीमा हत्या भएको अवस्थामा शव फेला परेको हो । घाटीमा डाम देखिएकाले कसैले घाटी थीचेर हत्या गरेको हुनसक्ने इलाका प्रहरी कार्यालय गौशालाका इन्चार्ज किशोर आचार्यले बताए ।
शवलाई पोस्टमाटमका लागि जलेश्वर अस्पताल लगिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।