Logo
१८ बैशाख २०८१, मंगलबार
(August 13, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनकपुर–भिठ्ठामोड सडकखण्डमा बस सेवा बन्द !

Jnk - Bhittamod

महोतरी २९ साउन।  जनकपुर–भिठ्ठामोड सडकखण्डमा अनिश्चितकालको लागि बस सेवा बन्द गर्ने भएको छ । जनकपुर अंचल बस व्यवसायी संघका अध्यक्ष मनोज कुमार चौधरीद्धारा हस्ताक्षरित विज्ञप्तिमा जनकपुर–भिठ्ठामोड, जटही, सघारा, पर्साही, यदुकोहा, लोहारपट्टी र भ्रमरपुरा जाने बाटो जीर्ण रहेकोले यस रुटको गाडी अनिश्चितकालको लागि बन्द गरिएको उल्लेख छ ।

जनकपुर–भिठ्ठामोड सडक लामो समयदेखि जीर्ण रहेपनि डिभिजन सडक कार्यालयले यसतर्फ  ध्यान नदिएको आरोप व्यवसायी संघको छ ।
यस रुटहरुमा गाडी संचालन गर्दा दुर्घटना हुने अत्यधित सम्भावना रहेकोले सडक मर्मत नभएसम्म बस संचालन नगरिने विज्ञप्तिमा उल्लेख छ ।

जनकपुरमा झुला पर्वको रौनक उत्कर्षमा रहेको बेला व्यवसायी संघले बस सेवा अनिश्चितकालको लागि बन्द गरेपछि यात्रीहरुलाई समस्या हुने भएको छ । यात्रीहरुमा हुने समस्याप्रति खेद प्रकट गर्दै व्यवसायी संघले बाध्य भएर बस सेवा बन्द गर्नुपरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति: Aug 13, 2016

प्रतिक्रिया दिनुहोस्