Logo
१८ बैशाख २०८१, मंगलबार
(July 27, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिवद्धता आए फोरम नेपाल सरकारमा जान तयार !

Lalbabu raut

काठमाडौं  । मधेशी मोर्चासहित संघीय गठबन्धनको माग सम्बोधन गर्ने प्रतिवद्धता काँग्रेस र माओवादीले गरेमात्र सरकारमा सहभागि हुने संघीय समाजवादी फोरम नेपालले जनाएको छ ।

काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै फोरम नेपालका उपाध्यक्ष लालबाबु राउतले काँग्रेस र माओवादीबाट लिखित प्रतिवद्धता आएको खण्डमा सरकारलाई समर्थन गर्ने र सरकारमा जान सकिने बताएका छन् ।

राउतले भने,‘हाम्रो लागि सरकार महत्वपूर्ण होईन, हाम्रा मुद्दा नै ठूलो कुरा हो । तर काँग्रेस र माओवादी केन्द्रले संयुक्त रुपमा हाम्रा मागहरु सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुपर्छ, अनिमात्रै हामी सरकारमा सहभागी हुन्छौं ।’ उनले मधेशी मोर्चा सम्मिलित संघीय गठबन्धनले अघि सारेका मागहरु सम्बोधन गर्ने लिखित प्रतिबद्धता आएमात्रै नयाँ बन्ने सरकारलाई सहयोग गर्ने दाबी गरे ।

गठबन्धनले अघि सारेको २६ बुँदे मुद्दा सम्बोधन गर्नुपर्ने उनको भनाई थियो । केपी शर्मा ओलीको मधेशको मुद्दालाई हेर्ने दृष्टिकोणलाई आफूहरुले विरोध गरेको राउतको भनाई थियो ।

प्रकाशित मिति: Jul 27, 2016

प्रतिक्रिया दिनुहोस्