Logo
२३ बैशाख २०८१, आईतबार
(January 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देउवाले आफ्ना गलत निर्णय नसच्च्याए हाम्रो सरकारले खारेज गर्नेछ : ओली

काठमाडौं : नेपाल चेम्बर अफ कमर्सको ६७ औँ अधिवेशनबाट नवनिर्वाचित अध्यक्ष र अन्य निर्वाचित पदाधिकारीलाई स्वागत तथा बधाइ दिन पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा सोमबार आयोजित कार्यक्रमलाई संवोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी ओलीले तत्कालीन सरकारलाई गैरजिम्मेवार भनेका छन् ।

ओलीले जनमत गुमाएको शेरबहादुर देउवा सरकारले तत्काल सत्ता हस्तान्तरण गर्नुको साटो इमान तथा विधान विपरित निर्णय गरेर देशप्रति गैरजिम्मेवार व्यवहार प्रस्तुत गरेको आरोप लगाएका छन्।

उनले अर्थतन्त्रलाई धक्का पुग्ने गरी एकपछि अर्को गर्दै गरिएका निर्णय सरकारले तत्काल खारेज गर्नु पर्ने समेत बताएका छन् । वर्तमान सरकारले आफ्ना गलत निर्णय खारेज नगरे आगामी सरकारले त्यो सच्च्याउने वा खारेज गर्ने उनको दाबी छ र विकास र समृद्धिका लागि संविधान अनरुप नै काम गर्ने उनले बताएका छन् ।

प्रकाशित मिति: Jan 29, 2018

प्रतिक्रिया दिनुहोस्