Logo
१८ बैशाख २०८१, मंगलबार
(December 6, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

श्रीमतीलाई घरेलु हिंसा गरेको आरोपमा ग्रान्डी अस्पताबाट डा. पंकज बर्खास्त

दाइजोको निहुँमा श्रीमतीलाई घरेलु हिंसा गरेको आरोप लागेका डा.पंकज चौधरीलाई उनी कार्यरत रहेको ग्राण्डी अस्पतालले जागिरबाट बर्खास्त गरेको छ ।

काठमाण्डौ स्थित टोखामा रहेको ग्राण्डी अस्पतालले मा चौधरीलाई घरेलु हिंसा गरेको खबरसँगै सेवाबाट बर्खास्त गरेको हो । डा.चौधरीले नर्भिक अस्पतालमा नयाँ नियुक्ति लिने तयारी थिए तर उनको विरुद्ध समाचारआएसँगै नियुक्ति रोकिएको हो ।

जागिरबाट हात धुन परेको छ । उनीविरुद्ध श्रीमती नेहाले जिल्ला अदालत महोत्तरीमा दुई मुद्दा दायर गरेकी छिन । घरेलु हिंसा र दाइजोविरुद्ध गरी दुई मुद्दा उनीविरुद्ध दर्ता भएका छन् ।

उनीहरुको लामो प्रेम सम्बन्धपछि गत फागुनमा विवाह भएको थियो । विवाह भएदेखि नै काठमाडौंमा घर दाइजो दिनुपर्ने भन्दै उनका श्रीमान र परिवारले शारीरिक तथा मानसिक यातना दिन सुरु गरेको नेहाले बताएकी थिइन् ।

प्रकाशित मिति: Dec 6, 2022

प्रतिक्रिया दिनुहोस्