Logo
२५ बैशाख २०८१, मंगलबार
(September 22, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नवलपरासीमा बसबाट खसेर परिचालकको मृत्यु   

नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सुनवल नगरपालिका–१२ भुमही चोकमा हिजो साँझ बसको ढोकाबाट खसेर परिचालकको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा बर्दघाट नगरपालिका–११ धनेवाका ३३ वर्षीय उमेश चौधरी रहेका छन् ।

बुटवलबाट बर्दघाटतर्फ आउँदै गरेको लु १ ख ७३७७ नम्बरको माइक्रोबसको ढोकाबाट हिजो साँझ सवा ६ बजे चौधरी खसेका थिए ।

बस सहित चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सुनवलले जनाएको छ ।

प्रकाशित मिति: Sep 22, 2022

प्रतिक्रिया दिनुहोस्