Logo
२० बैशाख २०८१, बिहीबार
(February 3, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जर्मनीमा मान्छेको अस्थिपन्जरसँगै टाउको काटिएको घोडा फेला परेपछि…!

जर्मनीमा अनुसन्धानकर्ताहरुले शताब्दीऔं पुरानो मान्छेको अस्थिपन्जरसँगै टाउको काटिएको घोडा फेला परेका छन् । पुरातत्वविद अनुसन्धानकर्ताहरुले

उत्खनन्बाट शताब्दीऔं पुराना अनौठा घटना र इतिहासबारे पत्ता लगाउने गर्छन् । अनुसन्धानकर्ताहरुले टाउको नभएको घोडा पुरिएको स्थानबाट एउटा मानिसको अस्थिपन्जर भेटेका छन् । यस्तै अनौठो घटना जर्मनीका अनुसन्धानकर्ताहरुले फेला पारेका हुन् ।

दक्षिणी जर्मनीमा फेला परेको यस्तो अस्थिपन्जर १४ सय वर्षअघिको हुन सक्ने अनुसन्धानकर्ताहरुले अनुमान गरेका छन् ।तर, टाउकोबिहीन घोडाको अवस्थालाई लिएर अझै पनि रहस्य बढेको छ ।

ती व्यक्ति कुलीन वर्गको सदस्य भएको अनुसन्धानकर्ताहरुले विश्वास गरेका छन् ।‘उनी मेरोभिंगियन राजाहरुसँग ‘चेन अफ कमान्ड’ मा रहेको र उनी राजाको अभियानमा सहभागी हुन बाध्य भएको देखिन्छ’, पुरात्वविद फल्के डामिंगरले लाईभ साइन्सलाई भने ।

घोडाको शिरच्छेदन अन्तिम संस्कारको एउटा पाटो भएको हुन सक्ने दामिंगरले बताए ।दामिंगरका अनुसार उनका परिवारले ती व्यक्तिलाई अरुका अगाडि धनी देखिऊन भनेर उनलाई घोडासँगै पुरिएको हुन सक्छ । एजेन्सी

 

प्रकाशित मिति: Feb 3, 2022

प्रतिक्रिया दिनुहोस्