Logo
५ जेष्ठ २०८१, शनिबार
(January 13, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा कोरोना भयावह बन्दै, एकैदिन झण्डै अढाइ लाख संक्रमित

छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको तेस्रो लहर पनि भयावह बन्दै गएको छ । पछिल्लो समयमा भारतमा कोरोना संक्रमण दर एकदमै तिब्रगतिमा फैलिँदै गइरहेको छ ।

भारतमा कोरोनाको दोस्रो लहरले पनि हजारौं मानिसको ज्यान लिएको थियो भने लाखौ मानिस संक्रमित बनेका थिए । भारतमा कोरोना संक्रमणदर तिब्रफैलिदै गएपछि नेपालमा पनि कोरोना जोखिम एकदमै बढेको छ ।

बुधबार भारतमा एकैदिन २ लाख ४५ हजार ५२५ जना नयाँ संक्रमित थपिएका छन् ।यही अवधिमा ८४ हजार ४७९ जना निको भए भने ३७९ जनाको मृत्यु भएको छ ।

भारतमा सक्रिय सक्रिय सङ्क्रमितको सङ्ख्यामा १ लाख ६१ हजार ७२१ जना थपिएका छन् । देशमा हाल ११ लाख ११ हजार सक्रिय सङ्क्रमित रहेका छन् । तेस्रो लहरमा सक्रिय सङ्क्रमितको सङ्ख्या ११ लाख बढी पुगेको यो पहिलो अवसर हो ।

एकै दिनमा नयाँ सङ्क्रमितको सङ्ख्यामा ५२ हजारले वृद्धि भएको छ । यसअघि मंगलबार १ लाख ९३ हजार सङ्क्रमित थपिएका थिए ।

हालसम्म भारतमा ३.६३ करोड जनसङ्ख्या कोरोना सङ्क्रमित भइसकेका छन् । यसमध्ये ३।४७ करोड सङ्क्रमणमुक्त पनि भइसकेका छन् ।

भारतमा हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट ४ लाख ८५ हजार ३६ जनाको मृत्यु भइसकेको छ ।यता, भारतको राजधानी नयाँ दिल्लीमा सङ्क्रमण दर बढेर २६.२२ प्रतिशत पुगेको छ । यसअघि मे ५ मा दिल्लीको सङ्क्रमण दर २५ प्रतिशत पुगेको थियो ।

कोरोना भाइरसको सङ्क्रमणबाट भारतका सबैभन्दा प्रभावित ५ राज्यहरूमा महाराष्ट्र, पश्चिम बंगाल, दिल्ली, तमिलनाडु र कर्नाटक रहेका छन् ।

प्रकाशित मिति: Jan 13, 2022

प्रतिक्रिया दिनुहोस्