लुम्बिनी प्रदेश सरकारले माग्यो ४३६ जना कर्मचारी
लुम्बिनी प्रदेश सरकार, कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयले ४३६ कर्मचारी करार सेवामा मागेको छ ।
मन्त्रालयले वार्षिक स्वीकृत कार्यक्रम सञ्चालनका लागि ४३६ कर्मचारी करार सेवामा भर्ना गर्न लागेको हो ।यसका लागि शुक्रबार दरखास्त आह्वान गरिएको छ ।
१५ दिनभित्र आवेदन दिन भनिएको छ । मन्त्रालयले प्रदेशका सबैजसो जिल्लामा नायक प्रविधि सहायक र नायव पशु सेवा प्राविधिकका लागि विज्ञापन आह्वान गरेको हो ।