Logo
५ जेष्ठ २०८१, शनिबार
(December 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमबीबीएस विद्यार्थीसँग अतिरिक्त शुल्क नलिन नोबेल मेडिकल कलेजलाई प्रशासनको निर्देशन

जिल्ला प्रशासन कार्यालय मोरङले अतिरिक्त शुल्क नलिन नोबेल मेडिकल कलेजलाई निर्देशन दिएको छ ।

मोरङ जिल्ला प्रशासनले एमबीबीएस भर्ना भएका विद्यार्थीसँग चिकित्सा शिक्षा आयोगले तोकेभन्दा अतिरिक्त शुल्क नलिन र पठनपाठन सुरु गर्न नोबेल मेडिकल कलेज विराटनगरलाई निर्देशन दिएको हो ।

आयोगले तोकेभन्दा बढी अतिरिक्त शुल्क नलिन र पुस ११ गतेदेखि पठनपाठन सञ्चालन गर्न निर्देशन दिएको हो ।प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले अभिभावक र कलेजका प्रतिनिधिसँगको छलफलपछि अतिरिक्त शुल्क नलिन निर्देशन दिएका हुन् ।

विद्यार्थी र अभिभावकले सोमबार जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाइ कलेजले अतिरिक्त शुल्क बुझाउन दबाब दिएको गुनासो गरेपछि प्रजिअ दाहालले छलफलका लागि बोलाएका थिए ।

क्याम्पस प्रशासन इन्टर्नसिप शुल्क नतिरे विद्यार्थीले इन्टर्नसिप गर्ने बेलामा पारिश्रमिक नदिने सर्तमा मान्न तयार भएको छ । तर होस्टल र विश्वविद्यालय सम्बन्धन शुल्क तिर्नैपर्ने अडान लिएको छ ।

प्रकाशित मिति: Dec 22, 2021

प्रतिक्रिया दिनुहोस्