Logo
१८ बैशाख २०८१, मंगलबार
(May 25, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कुरा मिलेन: महन्थ-उपेन्द्र र बिजयवीच गोप्य बैठक

काठमाडौं, जेठ ११ : मधेसका प्रमुख तीन राजनीतिक दलबीचको छलफलमा कुनै सहमति बन्न सकेन । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल लोकतान्त्रिक फोरम नेपालबीच भएको छलफलमा कुनै सहमति नजुटेको हो । अध्यक्ष महन्थ ठाकुरले सरकारले चुनावको वातावरण बनाउन नसकेको भन्दै आन्दोलनमा जानुबाहेक अरु विकल्प नरहेको भन्दै आफूहरु आन्दोलनको तयारीमा रहेकाले त्यसमा सहकार्य गर्न आग्रह गरेको बताइएको छ ।

स्रोतकाअनुसार राजपा नेपालका अध्यक्ष ठाकुरले आन्दोलनमा सहकार्य गरौं भनि प्रस्ताव गरेका थिए भने उपेन्द्र यादव र विजयकुमार गच्छदारले चुनावमा सहकार्य गरेर जाऔं भनि प्रस्ताव गरेका थिए । ती दुई नेताले प्राप्त उपलब्धिलाई रक्षा गर्दै संघर्ष र आन्दोलनकै रुपमा स्थानीय तहको चुनावलाई सदुपयोग गर्न भनि प्रस्ताव गरेका गरेका थिए ।

तीनटै चुनावमा सहकार्य गरेर गए भने स्थानीय तहमा राम्रो उपलब्धी हुने उनीहरुको तर्क थियो । कुनै कसैको कुरा कसैले मानेनन् । राजपाका अध्यक्ष महन्थ ठाकुरले राजपाको बैठकमा यसको विषयमा छलफल गरेर जानकारी गराउने जवाफ उपेन्द्र र गच्छदारलाई दिएको स्रोतले जनाएको छ ।

प्रकाशित मिति: May 25, 2017

प्रतिक्रिया दिनुहोस्