Logo
७ जेष्ठ २०८१, सोमबार
(September 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतबाट एक महीनाभित्र १० लाख डोज कोभिसिल्ड खोप आउने

छिमेकी देश भारतले खोप निर्यातमा लगाएको प्रतिबन्ध अक्टोबरदेखि हटाउने घोषणा गरेको छ । भारतले निर्यात प्रतिबन्ध फुकुवा गरेसँगै नेपालले अक्टोबरमा १० लाख डोज कोभिसिल्ड खोप प्राप्त गर्ने भएको छ ।

सोमबार दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारतीय स्वास्थ्यमन्त्री मनसुख माण्डवीयले विदेशमा खोप निर्यात हुने जनाएका हुन् ।
नेपालले उक्त मात्राको खोपका लागि उत्पादक कम्पनी सिरम इन्स्टिच्युटलाई भुक्तानी पनि गरिसकेको छ ।

रोयटर्सका अनुसार पत्रकार सम्मेलनमा भारतीय स्वास्थ्यमन्त्रीले छिमेकी मुलुकसहित कोभ्याक्स संयन्त्रालाई खोप निर्यातको प्राथमिकतामा राखिएको जानकारी दिए ।

विश्वकै ठूलो खोप उत्पादक मुलुक भारतले गत अप्रिलमा विदेशमा खोप निर्यातमा रोक लगाएको थियो । खोप उत्पादन गर्ने क्षमता बढिरहेको र अर्को महीनासम्म ३०० मिलियन अतिरिक्त डोज उत्पादन हुने भएकाले विदेशमा निर्यात सुरु गर्ने योजना रहेको स्वास्थ्यमन्त्रीले जानकारी दिएका छन् ।

भारतले अक्टोबरमा खोप निर्यात गर्ने घोषणासँगै सोही बेला नेपालले पनि पाउन बाँकी डोज खोप पाउने खबरलाई परराष्ट्र मन्त्रालयले समेत पुष्टि गरेको छ ।

सो नेपालले अबको एक महीनाभित्र १० लाख डोज कोभिसिल्ड खोप प्राप्त गर्ने छ ।नेपालसँगै भारतले बंगलादेश र श्रीलंका लगायतका छिमेकी मुलुकलाई पनि खोप निर्यात गर्ने भएको छ ।

प्रकाशित मिति: Sep 21, 2021

प्रतिक्रिया दिनुहोस्