Logo
६ जेष्ठ २०८१, आईतबार
(September 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफ्नो श्रीमान्लाई उत्तेजित पार्न छिमेकीले भित्री वस्त्र सुकाएको भन्दै प्रहरीमा उजुरी दिएपछि…!

यो संसारमा अचम्मको घटना हुने गर्छन् त्यसैले त भन्ने गरिन्छ यो संसार विचित्रको छ । मेक्सिकोस्थित क्विनटाना रोका प्रहरीले एउटा निकै अचम्मको उजुरी पाएका छन् ।

त्यहाँकी एक महिलाले आफ्नी २३ वर्षीया छिमेकीमाथि देखिने गरी भित्री वस्त्र सुकाएकोमा आपत्ति जताउँदै उजुरी नै दर्ता गरेकी छिन् । उनको अनुसार ती छिमेकीले उनका श्रीमानलाई उत्तेजित पार्न यसो गरेकी हुन् ।

४२ वर्षकी युभित्जा इले आफ्नी ‘निर्लज्ज’ छिमेकीलाई ‘नैतिकता र सभ्यता’ बिर्सिएको आरोप लगाएकी छिन् । उनले प्रहरीलाई उनकी छिमेकीको व्यवहार कुनै संयोग नभएको बताएकी छिन् ।

उनले प्रहरीसमक्ष भनिन्, ‘मेरा श्रीमान् घरमा भएकै बेला, शनिबार दिउँसो उनले सधैँ आफ्नो थोङ्ग (भित्री वस्त्र) धोएर सुकाउँछिन् । मैले मेरा श्रीमानलाई सधैँ छिमेकीको भित्री वस्त्र घुरेर हेरेको देखेकी छु । मैले उनलाई मेरा श्रीमान्लाई उत्तेजित नबनाउन भने पनि उनले यसो गर्न छोडिनन् ।’

युभित्जाले प्रहरीलाई ती महिलालाई नैतिकता र सभ्यता बिर्सिएकोमा पक्राउ गर्न आग्रह गरेकी छिन् । तर प्रहरीले ती २३ वर्षीया महिलाले कानुन विपरीत केही पनि नगरेको भन्दै सम्झाए ।

प्रहरीले ती महिलाको घरमा गएर छिमेकी, महिलाका श्रीमान् र महिलालाई सँगै राखेर यस्ता खालका विवादबाट टाढै बस्न सल्लाह दिएको छ ।एजेन्सी

प्रकाशित मिति: Sep 13, 2021

प्रतिक्रिया दिनुहोस्