Logo
२९ बैशाख २०८१, शनिबार
(August 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नियमावली संशोधन भएपछि माधव र महन्थका नयाँ दल दर्ताको कानुनी अड्चन हट्यो

बुधबार जारी गरिएको राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार नियमावली पनि संशोधन गरिएपछि माधव नेपाल र महन्थ ठाकुरले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि दिएको निवेदन अघि बढाउन बाटो खुलेको छ ।

योसँगै नेकपा एमाले र जनता समाजवादी पार्टीबाट छुट्टिएका दुई पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्नका लागि देखिएको कानुनी हड्चन हटेको हो ।

संशोधित नियमावली हिजो साँझ नै राजपत्रमा प्रकाशित भएसँगै आयोगलाई दल दर्ताको प्रक्रिया अघि बढाउन सहज भएको हो ।माधवकुमार नेपालले नेकपा एमाले (समाजवादी) र महन्थ ठाकुरले जनता समाजवादी पार्टी, नेपाल (लोकतान्त्रिक) नामको दल दर्ताका लागि बुधबार निवेदन दिएका छन ।

तर, निर्वाचन आयोगले अध्यादेशअनुसार नियमावली नबनेको भन्दै दर्ता प्रक्रिया अघाडि बढाएको थिएन ।कानुनमा ४५ दिन भित्र दल दर्ताको प्रमाणपत्र दिनुपर्ने व्यवस्था भएपनि १० दिन भित्रै सबै प्रकृया टुंग्याउने तयारी निर्वाचन आयोगले गरेको बुझिएको छ ।ं

प्रकाशित मिति: Aug 20, 2021

प्रतिक्रिया दिनुहोस्