Logo
५ जेष्ठ २०८१, शनिबार
(August 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज देशभर थप २६२४ जनामा कोरोना पुष्टि, २० संक्रमितको मृत्यु

आज देशभर थप २६२४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

देशभर ८ हजार ६ सय ६७ जनाको पीसीआर र ४ हजार ९ सय ६ जनाको एन्टिजेन गरी १३ हजार पाँच सय ७३ जनाको परीक्षण गर्दा २६२४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज शनिबार थपिएका २६२४ जना सहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ८ लाख ५ हजार १९० जना पुगे मन्त्रालयले जानकारी दिएको छ ।

शनिबार कोरोना भाइरस संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ । योसहित कोरोना भाइरसको सङ्क्रमणले ज्यान गुमाउनेको सङ्ख्या १० हजार २५९ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ३२० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ८० हजार आठ सय १५ जना पुगेको छ ।

अहिले नेपालमा ३९ हजार चार सय पाँच जना सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये ७६० जनाको आईसीयू र १८६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: Aug 14, 2021

प्रतिक्रिया दिनुहोस्