Logo
२३ बैशाख २०८१, आईतबार
(August 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीले हटाएका कुलमानलाई फेरि विद्युत प्राधिकरणमा ल्याउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाल विधुत प्राधिकरणमा कुलमान घिसिङलाई ल्याउन बातावरण बनाउन निर्देशन दिएका छन् ।यसको पुष्टि प्रधानमन्त्रीको सचिवालयले गरेको छ ।

मंगलबार उर्जामन्त्री पम्फा भुसाललाई बोलाएर घिसिङलाई कार्यकारी निर्देशक नियुक्तिको तयारी गर्न भनेका हुन् ।लोडसेडिङ घटाउन महत्त्वपूर्ण योगदान पुर्याउदै आएका घिसिङको पुन नियुक्ति गर्न खोजेर देउवाले जनभावनाको सम्मान गर्न खोजेका हुन् ।

त्यस्तैनेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई मंगलबार प्रधानमन्त्री देउबाको उपस्थितिमा जलस्रोत, ऊर्जा तथा सिँचाइमन्त्री पम्फा भुसालले अहिलेसम्मको कार्यसम्पादन पनि सन्तोषजनक नभएकाले पदबाट हटेर सहयोग गर्न आग्रह गरेको स्रोतले बताएको छ ।

शाक्यलाई अघिल्लो केपी ओली सरकारले नियुक्त गरेको थियो ।गत वर्षको भदौ अन्तिम साता प्राधिकरणको कार्यकारी निर्देशक रहेका कुलमान घिसिङलाई पुनःनियुक्त नगरी ओली सरकारले प्राधिकरणकै वरिष्ठ कर्मचारी लेखनाथ कोइरालालाई निमित्त दिएको थियो ।

त्यसपछि कोइरालाको ठाउँमा शाक्यलाई कामु कार्यकारी निर्देशकको जिम्मेवारी दिएको थियो । पछि उनलाई चार वर्षका लागि नियुक्त गरिएको थियो ।शाक्यले राजीनामा नगरी घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गर्न मार्ग प्रशस्त हुँदैन ।

प्रकाशित मिति: Aug 3, 2021

प्रतिक्रिया दिनुहोस्