Logo
२५ बैशाख २०८१, मंगलबार
(July 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज साउने संक्रान्ति मनाइदैँ, लुतो फाल्ने दिन !

आज साउन १ देशभर साउने संक्रान्ति पर्व मनाइदैँ छ । सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्न हुनेले यसलाई कर्कट संक्रान्ति पनि भनिन्छ ।

विशेषगरी पहाडी भेग तथा समुदायमा यस संक्रान्तिलाई विशेष पर्वको रुपमा मनाउने गरिन्छ । अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् ।

त्यसक्रममा हिलो मैलोले लाग्ने छालासम्बन्धी रोग निको पार्न साउने संक्रान्तिको अवसरमा लुतो फाल्ने गरिन्छ ।पहाडी भेगमा कुरिलो, धसिँगारे, कुकर डाइनो, भलायो, हाडे उनिऊँ, पानी सरो, पानीअमला जस्ता वनस्पति जम्मा पारी आँगनमा आगो बाल्ने प्रचलन छ ।कण्डारक नामको राक्षसको पूजा गरी चारै दिशामा अगुल्टो फालिन्छ ।

पछिल्लो समय लुतो फाल्ने प्रचलन हराउँदै गएको छ । दिनभर परिवार, आफन्त जम्मा भएर मिठो, मसिनो खाने साँझ घरघरमा लुतो फल्ने परम्परा छ ।

साउन महिनामा महिलाहरुले हातमा मेहन्दी र हरियो चुरा लगाउने गर्छ । साउन महिनाभर पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको विशेष भीड लाग्छ । साउने सोमबारलाई महादेवको पूजा, आराधनाका लागि विशेष दिनका रुपमा लिइन्छ ।

साउन महिनामा विषेश गरेर शिर्वको पूजा आर्चना गर्ने गर्छन् । पछिल्लो समयमा हिन्दु महिलाहरुले साउनको महिनामा जुठो कुरा नखाइकिन महिना भर शिवको वर्त बस्ने गर्दछन् ।

प्रकाशित मिति: Jul 16, 2021

प्रतिक्रिया दिनुहोस्