Logo
५ जेष्ठ २०८१, शनिबार
(June 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज देशभर थप २८२८ जनामा कोरोना पुष्टि, ५२ संक्रमितको मृत्यु

नेपालमा २४ घण्टामा थप २८२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कुल देशभरमा ८६८७ जनाको पीसीआर र ४३३५ जनाको एन्टिजेन गरी १३ हजार २२ जनाको परीक्षण गर्दा २८२८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ हजार ८२ छ भने ५२ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६२ हजार ११७ रहेको छ ।

जसमध्ये ५७ हजार ८२६ जना होम आइसोलेसनमा र ४,३११ जना संस्थागत आइसोलेसनमा छन् ।

प्रकाशित मिति: Jun 16, 2021

प्रतिक्रिया दिनुहोस्