Logo
५ जेष्ठ २०८१, शनिबार
(June 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२४ घण्टामा २९१८ कोरोना संक्रमित थपिए, ५३ जनाको मृत्यु

file photo

नेपालमा आज २,९१८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

आज कोरोना संक्रमणबाट थप ५३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । २४ घण्टामा ५ हजार १४७ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै २४ घण्टामा काठमाडौं उपत्यकामा ६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार काठमाडौंमा ३९६ जना, भक्तपुरमा ६६ जना र ललितपुरमा १४५ जना कोरोना संक्रमित भेटिएका हुन् ।

प्रकाशित मिति: Jun 14, 2021

प्रतिक्रिया दिनुहोस्